सेयर बजारको सुधार टिकेन

Advertisement

काठमाडौंः सेयर बजार निकै उतार चढाव हुँदै अन्त्यमा सामान्य गिरावट हुन पुगेको छ । सेयर बजार परिसुचक नेप्से आज करिव पाँच अंकले घटेर एक हार २०२ दशमलव ८२ अंक कायम भएको छ ।

बीचमा एक पटक एक हजार १८७ र एक हजार १९८ अंकमा ओर्लिएको नेप्से अन्तिममा केही सुधारिएको हो । बजारमा सेयर किनबेच राम्रै भए पनि नेप्सेमा भने सुधार आउन सकेन । आज ५० करोड रुपियाँभन्दा बढिको सेयर किनबेच भएको छ । अर्थमन्त्रीको सेयर बजारका विषयमा दिएको विवादास्पद अभिव्यक्तिले सोमबार ५२ अंकले घटेको नेप्से सोमबार भने ३९ अंकले सुधार आएको थियो ।

लगातारजसो घट्दै आएको बजार नयाँ सरकार र नयाँ अर्थमन्त्री आएपछि सुधार आउने आशामा बसेका लगानीकर्ताहरु अर्थमन्त्रीले पटक पटक यस विषयमा नकारात्मक दृष्टिकोण राखेपछि बजार झन प्रभावित भएको थियो ।

Advertisement

Advertisement

Advertisement