नविल इन्भेष्टमेन्टको सीइओमा सबिर बादे श्रेष्ठ

Advertisement

काठमाडौंः नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा सबिर बादे श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सिइओ नियुक्त गरेको हो ।

आउँदो चार बर्षका लागि नियुक्त भएका उनी विगत दुई वर्षदेखि सोही कम्पनीमा कार्यरत थिए । बेलायतबाट एसीसीए उत्रिण गरेका श्रेष्ठसँग स्वदेश र विदेशमा विभिन्न वित्तीय कम्पनीहरुमा काम गरेको अनुभव छ ।

Advertisement

Advertisement

Advertisement