फर्पिङमा यात्रुबाहक बस दुर्घटना, दुईको मृत्यु ३३ घाइते

Advertisement

काठमाडौंः दक्षिणकालीहुँदै काठमाडौं आइरहेको बा१ख९९९९ नम्बरको बस फर्पिङमा पल्टिएको दुर्घटना ग्रस्त भएको छ । दक्षिण कालि यातायातको उक्त बस अनियन्त्रित भएर दुर्घनाहुँदा दुईको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।

सडकमा भएको खाल्डोको कारण बस दुर्घटना भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । तर, मृतकको संख्या दूई भएपनि अझै कतिको संख्यामा मृत्यु भयो यकिन भएको छैन । घटना लगत्तै प्रहरी घटनास्थलमा पुगेर उद्धारको काम गरेको प्रहरीले बताएको छ ।

उद्दारको कार्य जारी रहेकाले थप विवरण आएको छैन् ।

Advertisement

Advertisement

Advertisement