रत्न के हो ? कस्तो बेलामा प्रयोग गर्ने ? कस्तो बेलामा नगर्ने ?

Advertisement

[caption id="attachment_46655" align="alignleft" width="150"]diwakar-panta लेखक[/caption] चाहे किशोर हुन वा युवा वा प्रौढ वा वृद्ध जुन सुकै उमेरका मानिसहरुले रत्नजडित औंठी हातका विभिन्न औलामा लगाएको सजिलै देख्न पाइन्छ । आज भोलि प्रायः सबै सुन पसलमा “राशी अनुसारको औंठी पाइन्छ” भनेर लेखेको देखिन्छ । स्वदेशमा मात्र होइन, विदेशका भिआइपी पर्सनालिटीहरुले पनि औंलामा रत्नजडित औठी लगाएको टिभी स्क्रीनहरुमा देखिने गर्छ । राजधानी काठमाडौंसहित देशका कतिपय शहरका सडकका पेटिमा केही औंठीले भरिएको बाकस राखेर बसेको पनि देखिन्छ ।

Advertisement

कतिपयले बुझेर रत्न प्रयोग गरेको पाइन्छ भने कतिपयले रहरले । कतिपयलाई यसले सकारात्मक असर प्रदान गरेको हुन्छ भने कतिपयमा नकारात्मक । कतिपयमा खासै कुनै प्रभाव देखिँदैन । यत्रतत्र चर्चा रहने र प्रयोग हुने रत्न आखिर के हो ? रत्नको प्रयोग किन हुन्छ ? नबुझिकन हचुवामा रत्नको प्रयोग गर्न हुन्छ कि हुँदैन ? रत्नको प्रभाव कस्तो हुन्छ ? यो सर्वत्र चासोको विषय रहँदै आएको छ । रत्न प्राकृतिकरुपमा विकसित बहुमुल्य ढुङगा वा पत्थर हुन । जसको प्रशोधन र विकास अति नै संवेदनशील ढंगबाट गर्ने गरिन्छ । रत्नको महत्व र प्रयोग पूर्वीय संस्कृतिअन्तर्गत हिन्दु सनातन ग्रन्थहरुमा प्रशस्त गरेको पाइन्छ । तत्कालिन राजा महाराजाहरुले रत्नको प्रयोग आफू र आफ्नो पारिवारिक सदस्यले गर्नेसहित कतिपय अवस्थामा राजमहलहरुमा समेत गर्ने गरेको ग्रन्थहरुमा पाइन्छ । क्रमशः विभिन्न ऋषि तथा विद्धानहरुले यसमा निरन्तर अनुसन्धान गरि रत्नको प्रयोग कस्तो कस्तो अवस्था र प्रकृतिमा गर्ने भनि निश्चित गरिएको छ । पश्चिमा विद्धानहरुले पनि रत्नमा प्रशस्त अनुसन्धान गरेका छन् । रत्नको प्रयोग गर्दा शुभ हुन्छ भन्ने निष्कर्ष पूर्वीय र पश्चिमी विद्धानहरुको साझा बुझाई छ ।
रत्नको प्रयोग तसर्थ रत्न विशेष र संवेदनशील तरिकाले प्रयोगमा ल्याउने वस्तु हो । वैदिक ज्योतिषीय दृष्टिले हेर्दा जब कुनै पनि व्यक्तिको कुण्डलीमा अवस्थित कारक ग्रहको कारकत्व अझ बढाउनु परेमा ग्रहका आधारमा रत्न प्रयोग गर्ने गरिन्छ । अझ, उक्त ग्रह चलेका बेला यानेकी याक्टिभ भएका बेला सम्बन्धित रत्न प्रयोग गर्दा त्यसले दिने नतिजा अति सकारात्मक र उच्चस्तरको हुन्छ । रत्नमार्फत उक्त कारक ग्रहको किरण निरन्तररुपमा सम्बन्धित व्यक्तिको शरीरमा पठाउनका लागि रत्नको प्रयोग गर्ने गरिन्छ । यसले २४ सै घण्टा काम गर्दछ, चाहे व्यक्ति सक्रिय वा निष्क्रिय वा सुतेका बेला किन नहोस ।
तर, कुण्डलीमा मारक ग्रहकारुपमा रहेको ग्रहको रत्न प्रयोग अति नै घातक हुन्छ । अर्थात, मारक ग्रहको रत्नले सम्बन्धित व्यक्तिको जीवनमा मारकत्व यानेकी नकारात्मकता बढाई दिन्छ । कतिपय अवस्थामा केही ज्योतिषहरुले मारक ग्रहको रत्न सिफारिक गरिदिँदा जातको जीवनमा अझ नकारात्मक अवस्था सिर्जना भएको पनि देखिने गरेको छ । ग्रह रत्न जातकले जीवनभर प्रयोग गर्नेभन्दा जुन उद्देश्यका लागि रत्न प्रयोग गरिएको हो, उक्त उद्देश्यको कारकत्व बढाउनुपर्ने समयसम्मका लागि मात्र प्रयोग गर्दा उत्तम हुन्छ । वा उक्त ग्रह चलेको बेलाको समयसम्म मात्र उक्त रत्न प्रयोग गर्दा उपयुक्त हुन्छ ।जहाँसम्म राशि रत्नको प्रयोग छ, यो आ–आफनो राशिअनुसार प्रयोग गर्ने गरिन्छ । राशि रत्न भने जीवनभर प्रयोग गर्न सकिन्छ । तर, ग्रह रत्नले जस्तो राशि रत्नले प्रभावकारी भूमिका भने खेल्न सक्दैन ।दोहोरो रत्नको प्रयोग हो, निश्चित स्थितिमा दुई वा दुई भन्दाबढि ग्रहको रत्न एकैपटक गर्न सकिन्छ । तर, सदैव भने हुँदैन । मित्र ग्रहका रत्न एकै पटक प्रयोग गर्न सकिन्छ । तर, शत्रु ग्रहका रत्न एकै पटक प्रयोग गरेमा जातको जीवनमा द्धन्द्धात्मक नतिजा पैदा हुन्छ । अर्थात, नकारात्मकता बढ्छ । अझ निश्चित–निश्चित रत्नको प्रयोग सँगसँगै गर्न हुँदैहुँदैन । त्यसो भएमा व्यक्तिमा एकै पटक दुई थरी शक्तिको सिञ्चन हुनपुग्दछ । र, त्यसले व्यक्तिको मानसिकतामा असर पार्नुका साथै व्यवहारमा पनि त्यसको नतिजा नराम्रो देखिन थाल्दछ ।तसर्थ, एकभन्दा बढि रत्नको प्रयोग गर्दा अति नै संवेदनशील भएर मात्र गर्नुपर्दछ । हचुवाको भरमा वा रहरले एकभन्दा बढि रत्नको प्रयोग एकै पटक गर्दा नतिजा ठिक उल्टो देखिन सक्नेहुन्छ ।रत्न र धातु कुनै पनि रत्न जुन पायो त्यही धातुमा धारण गर्नु हुँदैन । निश्चित रत्नका लागि निश्चित धातु निर्धारण गरिएको छ । धातुले रत्नले उत्पन्न गर्ने किरणलाई सञ्चार गरि व्यक्तिको शरीरसम्म पुर्याउने गर्छ । तसर्थ, सम्बन्धित रत्नको सम्बन्धित धातु भएमा मात्र उक्त किरण व्यक्तिको शरीरमा उपयुक्त ढंगले सिञ्चित हुन पुग्दछ । अन्यथा पुग्दैन ।त्यत्ति मात्र होइन, रत्न र धातुको समन्वय नहुँदा व्यक्तिको शरीरमा र मानसिकतामा एलर्जी पैदा गर्दछ । शारीरिक एलर्जी अरुले पनि देख्न सकिने खालको हुन्छ र तुलनात्मक रुपमा निराकरण गर्न सजिलो पनि हुन्छ । तर, मानसिक एलर्जी आफैले मात्र महशुस गर्न सक्ने र निराकरण अति नै जटिल भएकाले यसमा खेलाँची गर्नु हुँदैन । रत्न र धातुको म्याच नगरि रत्न लगाउँदा त्यसको नतिजा सही आउँदै आउँदैन ।रत्न र औला रत्न जुन पायो त्यही औंला वा हातमा लगाउनु हुँदैन । लामो अनुसन्धान र परिक्षणपछि रत्न अनुसार निश्चित औंला तय गरिएको छ । अर्थात, सम्बन्धित रत्न सम्बन्धित औंलामा मात्र पहिरिनुपर्छ । अन्यथा, त्यसको नतिजा आउँदै आउँदैन वा ठिक उल्टो पनि आउने खतरा रहन्छ । हचुवाको भरमा जुन पायो त्यही औंलामा जुन पायो त्यही रत्न लगाउँदा नकारात्मक असर देखिन थाल्दछ ।तौल र वार हो, रत्न निश्चित तौलको मात्र प्रयोग गर्नुपर्छ । जुन रत्नअनुसार फरक फरक हुन्छ । कतिपय अवस्थामा व्यक्तिको शारीरिक तौल अनुसार रत्नको तौल निश्चित गर्ने प्रणाली प्रयोगमा ल्याइएको हुन्छ । तुलनात्मक रुपमा अहिले प्रदुषणको मात्रा बढेको र रत्नले दिनुपर्ने नतिजा यानेकी डोजको मात्रा अलि बढि चाहिने हुँदा अलि बढि तौलको रत्न प्रयोगमा ल्याउने परिपाटी पनि छ । तथापि रत्न निश्चित तौलको मात्र प्रयोग गर्नुपर्ने हुन्छ ।त्यसैगरी, जुन पायो त्यही वार सबै रत्न प्रयोग गर्नु हुँदैहुँदैन । निश्चित रत्नका लागि निश्चित वार र समयमा प्रयोग गर्नुपर्ने प्रावधान छ । त्यसो भएमा मात्र रत्नको प्रभाव सकारात्मक र उच्च रहन पुग्दछ । होइन भने रत्न प्रभावहिन वा नकारात्मक प्रभाव दिने हुन्छ । तसर्थ, रत्नअनुसार निश्चित वारका दिन मात्र रत्न प्रयोग गर्न थाल्नु पर्दछ ।त्यत्ति मात्र होइन निश्चित रत्न निश्चित पक्ष यानेकी शुक्ल वा कृष्ण पक्षमा मात्र प्रयोगमा ल्याउनुपर्ने हुन्छ । यसलाई पनि निकै विचार पुर्याउनुपर्ने हुन्छ ।रत्न प्रयोग र संवेदनशीलता यसो हेर्दा रत्न लगाउने कुरा सामान्य जस्तो देखिए पनि यो अति नै संवेदनशील विषय हो । यसको प्रयोग ठिक ढंगबाट नगरे नतिजा बेठीक हुन्छ नै । यदि रत्न प्रयोग गरेपछि निरन्तर नराम्रो सपनाहरु देखिएमा, मनमा भय वा त्रास मात्र आउन थालेमा, मनमा डर वा त्यस्तै खाले नराम्रो लाग्ने खालका कुरा मात्र खेल्न थालेमा रत्न म्याच नगरेको हुन सक्छ । त्यसैगरी, शरीरमा एलर्जी भएमा, मानसिक दबाब मात्र उत्पन्न भएमा लगाएको रत्न तत्काल फुकालेर राम्रो ज्योतिषसँग परामर्श लिनु राम्रो हुन्छ ।साथै, रत्न निरन्तर लगाएपछि समय समयमा त्यसको सरसफाई आवश्यक पर्दछ । रत्न र धातुमा अड्कने फोहरले यसको किरणलाई शरीरसम्म पुग्नबाट अवरोध गर्दछ । त्यस्तो अवस्थामा त्यसलाई सफा गरेर ताजगीमा ल्याउनु पर्दछ । अनि मात्र रत्नले निरन्तर काम गर्न सक्दछ ।आवश्यक छ सजगता जो कोहीले पनि रत्नको प्रयोगलाई सामान्य कुरा हो भनि हेलचक्रयाई गर्नै हुँदैन । जथाभावी रत्नको प्रयोग गर्नुभन्दा बरु रत्नको प्रयोग नगर्नु नै राम्रो हुन्छ । कतिपय अवस्थामा रत्नलाई मेडिकल साइन्समा प्रयोग गरिने एन्टिबायोटिक्ससँग तुलना गर्ने पनि गरिन्छ । यानेकी गलत प्रयोगले गलत नतिजा, राम्रो प्रयोगले राम्रो नतिजा । बरु प्रयोग नै नगर्दा कुनै पनि खराव नतिजा देखिँदैन भने जथाभावी प्रयोगले निश्चित नकारात्मक नतिजा देखा पर्न पुग्दछ, जुन कुरा जोकोहीले पनि चाहेको हुँदैन । तसर्थ, रत्नको प्रयोग हचुवा वा रहर वा लहैलहैमा वा गलत व्यक्तिको सिफारिशमा गर्न हुँदैन । यसबारे सही जानकार व्यक्तिबाट मात्र रत्न प्रयोगबारे परामर्श लिएर मात्र प्रयोग गरे मात्र सकारात्मक नतिजा प्राप्त गर्न सकिन्छ ।त्यसमाथि रत्नको मूल्य महंगो समेत पर्ने भएकाले जथाभावी प्रयोगले केवल पैसाको बर्बादी मात्र हुन पुग्दछ । त्यसैले रत्नको प्रयोग सामान्य गतिविधि नभएकाले यसको संवेदनशीलतालाई ख्याल राखि उपयुक्त परामर्शसहित उपयुक्त रत्नको प्रयोग शुभ हुन पुग्दछ ।

(पन्त, नेपाल ज्योतिष परिषदका केन्द्रीय पार्षद एवं दिव्य दृष्टि ज्योतिष सेवा तथा अनुसन्धान केन्द्रका संस्थापक हुन् सम्पर्क नं. ९८४१५२७५१०)

Advertisement

Advertisement