प्राइम लाइफ इन्स्योरेन्सले साढे १२ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

Advertisement

काठमाडौंः प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको ११औं वार्षिक साधारणसभाले गत बर्षको मुनाफाबाट सेयरधनीहरुलाई १२ दशमलव ५ प्रतिशत बोनस सेयर दिने भएको छ । बुधबार सम्पन्न कम्पनीको सभाले गएको आर्थिक वर्षको मुनाफाबाट हकप्रद शेयर निष्काशनपछि हुने चुक्ता पुँजी एक अर्ब ५८ करोड ६५ लाख रुपियाँबाट उक्त बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो ।

उल्लेखित बोनश शेयर बितरण तथा हकप्रद शेयर निष्काशन प्रक्रिया पुरा गरेपछि कम्पनीको चूक्तापुँजी एयक अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपियाँ हुनेछ । साथै, सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट एकजना महिला सञ्चालकको नियुक्ती गरेको छ ।

यस कम्पनीले देशभरमा १४५ भन्दा बढी स्थानहरुबाट जीवनबीमा सेवा उपलब्ध गराउँदै आएको छ । कम्पनीले आउँदो बर्ष कम्तिमा थप १३५ स्थानबाट सेवा दिने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement