बिदा कटौती गरेकोमा खुशी छौंः चेम्बर

Advertisement

काठमाडौंः नेपाल चेम्वर अफ कमर्सले सरकारले सार्वजनिक विदा कटौती गरेकोमा एक प्रेस विज्ञप्तिमार्फत सरकारले सराहनीय काम गरेकोभन्दै खुशी व्यक्त गरेको छ । चेम्वरले निरन्तर राख्दै आएको मागको सुनुवाई गरी विदा कटौती गरेकोमा सरकारप्रति खुशी व्यक्त गर्दै विज्ञप्ति निकालेको हो ।

चेम्बरले वढी सार्वजनिक विदाका कारण मुलुकको अर्थतन्त्रमै नकारात्मक असर पारेकाले विदा कटौती गर्न सरकारसँंग निरन्तर माग राख्दै आएको थियो । प्रधानमन्त्री, मन्त्रीलगायतका उच्चपदस्थ सरकारी अधिकारीहरुसँंगको भेटघाटमा चेम्वरले पटक पटक उक्त माग राख्दै आएको थियो ।

साथै, चेम्वरले सार्वजनिक विदाहरुमा बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनको माग पनि राख्दै आएको थियो । सरकारले आउँदो वर्ष २०७५ का लागि सार्वजनिक बिदा स्वीकृत गर्दै बिदा कटौती गरेको हो ।

मन्त्रिपरिषद्को बुधवार साँझ बालुवाटारमा बसेको बैठकले सरकारले अघि सारेको समृद्धिको लक्ष्य पूरा गर्न सार्वजनिक बिदा कटौती गर्ने र कार्यदिन बढाउने उद्देश्यले वर्षभरीमा जम्मा बिदा ८९ दिन कायम गर्ने निर्णय गरेको थियो ।

यसअघि वर्षभरीमा एक सय चार दिन बिदा हुँदै आएको थियो । सम्बन्धित धर्म, सम्प्रदाय र क्षेत्रका लागि प्रस्ताव गरिएका बिदाको दिन २२ र सबैलाई हुने सार्वजनिक बिदाको दिन भने ६७ कायम गरिएको छ ।

Advertisement

Advertisement

Advertisement