संघीय संसदमा राष्ट्रपतिको पहिलो सम्बोधन, ‘मुलुक स्थायित्व र समृद्धिको चरणमा’

Advertisement

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले संघिय संसदमा पहिलो सम्बोधन दिने क्रममा विश्वशान्ति र समृद्धिका लागि मुलुकले सक्दो योगदान गर्नुपर्ने बताएकी छिन् । उनले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई बिहीवार अपराह्न सम्बोधन गर्दै उनले छिमेकी राष्ट्रलगायत तमाम मित्रसँग मैत्री र सहकार्यको हात बढाउनुपर्ने बताइन् ।

राष्ट्रपतिले नेपाल र नेपालीका विकासका आकांक्षा पूरा गर्न अन्तर्राष्ट्रिय जगत्सँग उचित ढंगले समन्वय गर्दै मुलुकभित्र, छिमेकमा र विश्वशान्ति र समृद्धिका लागि सक्दो योगदान गर्न पर्ने बताइन् । राष्ट्रपति भण्डारीले मुलुक स्थायित्व र समृद्धिको चरणमा प्रवेश गरेकाले अब कुनै पनि बहानामा द्वन्द्वमा जान नहुने बताइन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उनले सबै तहमा जनप्रतिनिधिमूलक संस्थाको निर्वाचनसँगै लोकतन्त्र र अग्रगमनका लागि उज्वल सम्भावना देखिएको उल्लेख गरिन् । निर्वाचनपछि पहिलोपटक दुवै सदनको पहिलो ऐतिहासिक बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गरेकी हुन् ।

Advertisement

Advertisement

Advertisement