जहाज उडाउन अंग्रेजी जानेका चिनियाँ पाइलट ल्याउने तयारी

Advertisement

काठमाडौंः नेपाल वायुसेवा निगमले चिनीयाँ जहाज वाई १२ इ उडानको लागि ३ चिनीयाँ क्याप्टेन ल्याउने भएको छ ।

हाल निगमसँग ४ थान जहाजका लागि दुई जना मात्रै क्याप्टेन रहेका थिए । जसमा एकजना भने अझै बिरामी रहेको आजको कारोबार पत्रिकामा छापिएको छ ।निगमले नेपाली क्याप्टेनभन्दा १ हजार अमेरिकी डलर बढी तिरेर चिनीयाँ क्याप्टेन ल्याउन लागेको हो ।

निगमले एकजना चिनीयाँ क्याप्टेनको लागि ८ हजार अमेरिकी डलर मासिक तलब दिने गरी सहमति गरेको छ । समाचारमा लेखिएको छ, वाई १२ इ जहाज उडान गर्ने नेपाली क्याप्टेनले ७ हजार डलर पाउँदै आएका छन् । जहाज उडाउन अंग्रेजी जानेका चिनीयाँ क्याप्टेन ल्याउन लागिएको हो ।

निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले ती चालकलाई नेपाल ल्याउने प्रक्रिया सुरु भइसकेको जानकारी दिए । विगतमा अंग्रेजी बोल्न नजान्ने पाइलट चिनियाँ पक्षले उपलब्ध नगराउँदा समस्या भोगेको निगमले यसपटक भने अंग्रेजी भाषा जानेका पाइलट ल्याउन लागेको कंसाकारले बताए ।

Advertisement

Advertisement

Advertisement