कङ्गोबाट इस्तानबुल हुँदै काठमाडौं आइपुगेको सालकको खपटा प्रहरीले समात्यो, दुई पक्राउ

Advertisement

काठमाडौंः कङ्गोबाट इस्तानबुल हुँदै काठमाडौं ल्याइएको सालकको खपटासहित संलग्न अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरेको छ । टर्कीस एयरलाइन्सबाट सोमबार ल्याइएका ती खपटाहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रेड च्यानल क्षेत्रको एक्सरेमा चेकजाँच गर्दा फेला परेको हो ।

लुकाएर ल्याइएको कुल १६२ किलो परिमाणको उक्त खपटाहरु प्रहरीले जिल्ला वन कार्यालय काठमाडौंलाई बुझाएको छ । जिल्ला वन कार्यालयबाट गरिएको अनुसन्धानको क्रममा संगठित प्रकृतिको अपराध देखिन आएकोले यसको ओसार पोसारमा संलग्न दुर्ई चिनियाँहरुलाई काठमाडौं जिल्ला अदालतको आदेशअनुसार पुपक्षको लागि थुनामा राखिएको छ ।

प्रहरीले संरक्षित वन्यजन्तु सालकको खपटा ओसारपसार तथा खरिद बिक्री गर्ने यस कार्यमा संगठित गिरोह नै सक्रिय रहेको जनाएको छ । यस घटनामा पक्राउपर्ने दुई चिनियाँ राहधानीधारीहरुमा किउ गुवारुङ र क्वी लेवाओ छन । उनीहरुअफ्रिकाको कङगोमा खरिद गरेको सालकको खपटा नेपाल हुँदै चीन पुर्याउने तयारीमा थिए । यसमा चिनियाँबाहेक कंगो, बंगलादेशी र नेपाली गिरोह संलग्न रहेको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement