मात्रिका यादवले भने– चार दशक पूरानो कालोबजारी ऐन संशोधन गर्छु

Advertisement

काठमाडौंः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले चार दशक पूरानो कालोबजारी ऐन संशोधन गर्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्शको टोलीसँग शुक्रबार कुरा गर्दै उनले उक्त ऐन संशोधनको प्रतिवद्धता जनाएका हुन ।

व्यवसायीहरुले कालोबजारी नियन्त्रणको नाममा सरकारले दुःख दिने गरेको भन्दै २०३२–३३ सालको कालोबजारी ऐन संशोधन गर्न माग गर्दै आएका थिए । मन्त्री यादवले कालोबजारी ऐन संशोधनका क्रममा सहयोग गर्न पनि व्यवसायलाई आग्रह गरे ।

उनले बजार अनुगमनलाई व्यवस्थित पार्ने पनि बताए । यादवले व्यवस्थित बजार अनुगमनका लागि कार्यविधि बनाएर अगाडि बढ्ने बताए । यसका लागि काम अगाडि बढिरहेको उनको भनाई छ । मन्त्री यादवले नाफाभन्दा ठूलो कुरो सम्मान भएको चर्चा गर्दै सम्मानजनक व्यवसाय गर्न सुझाव दिए ।

चेम्वर अध्यक्ष राजेशकाजी श्रेष्ठले पूरानो कालोबजारी ऐन संशोधन गर्न मन्त्रीको ध्यानाकर्षण गराउँदै व्यापार घाटा बढिरहेको बेला विदेश निर्यात हुने नेपाली सामानहरुलाई सहुलियत दिन आग्रह गरे । कृषिको उत्पादन बढाउन सरकारले विशेष ध्यानदिनुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रका समस्या समाधानका लागि निकट भविष्यमै बृहत छलफल गरी अगाडि बढ्ने मौखिक सहमति भएको चम्बरले जनाएको छ । प्रतिनिधिमण्डलमा चेम्वरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्षद्धय कमलेशकुमार अग्रवाल, महेन्द्रमान श्रेष्ठलगायत थिए ।

Advertisement

Advertisement

Advertisement