बुढीगण्डकीलाई अलपत्र नपार्ने उर्जामन्त्रीको प्रतिवद्धता, छिटो हुने मोडालिटीमा बनाइने

Advertisement

काठमाडौंः उर्जा तथा जलस्रोतमन्त्री बर्षमान पुनले बुढीगण्डकी जलविद्युत आयोजनालाई सरकारले अलपत्र नपार्ने प्रतिवद्धता जनाएका छन् । बुढीगण्डकी सरोकार समितिको ज्ञापनपत्र बुझ्दै उनले यो आयोजना अलपत्र पर्छ कि ? भनेर चिन्ता नलिन आग्रह गरे ।

पुनले भने, ‘तपाईंहरुको कुरा सुन्दा यो आयोजना नै अलपत्र पर्छ कि ? भनेर अविश्वास बढेको रहेछ । जुनसुकै मोडालिटिमा भएपनि यो आयोजना छिटो हुने मोडालिटिमा हामी जान्छौ । आायोजना जसरी पनि बनाउछौँ । तपाईहरु ढुक्क भए हुन्छ ।’

विचमा यो आयोजना हामी छाड्दैनौ भनेर म सरकारको तर्फबाट प्रतिबद्धता ब्यक्त गर्छु । राज्य जहिले पनि जनताप्रती उत्तरदायी हुनुपर्छ । विगतका सरकारले गरेका राम्रा कामको म निरन्तरता दिन्छु । विगतका सरकार र मन्त्रीले गरेका काम पुरा नभएको भए पुरा गर्ने काम मेरो पनि हो । म त्यसलाई पुरा गर्ने पुरा कोशिस गर्नेछु ।

बुढीगण्डकी राष्ट्रिय गौरवको आयोजना भएकोले पनि तदारुकताका साथ सरकारले यसलाई सम्पन्न गर्ने भन्दै बीचमा बीचमा राजनीतिक संक्रमणका कारण केही समस्या परेको भए पनि अब त्यस्तो नहुने जिकिर गरे । पोखरा लगायतका विद्युत माग बढी हुने तथा खपत हुने क्षेत्र र लोडसेण्टरदेखि नजिक रहेको बुढीगण्डकी निकै महत्वको आयोजना भएको बताए ।

बुढीगण्डकी अगाडि बढाउने विषयमा परेको अप्ठ्यारो समाधान गरेर जाने विषयमा छलफल भइरहेको मन्त्री पुनले बताए । उनले यो आयोजना कुन मोडालिटिमा बनाउने भन्ने विषयमा सरोकारवाला, सरकार र सम्बन्धित क्षेत्र बसेर छिट्टै टुंगो लगाउने बताए ।

यसअघिका सरकारले फरक फरक मोडालिटीमा बनाउने भन्दै परिवर्तन गर्दा बुढीगण्डकी अन्योला परेको पुनको भनाई छ । उनले राज्यले सम्पति लिएपछि घरघर पुगेर मुआब्जा दिनुपर्ने हो भन्दै तपाईंहरु यसरी धाउनै पर्ने थिएन भने । मन्त्री पुनले मुआब्जा वितरणमा भएको अन्याय र समस्यालाई आफूले समाधान गर्ने बताए ।

उनले आयोजना प्रभावितहरुलाई सुकुम्बासी बनाएर आयोजना लथालिङ्ग बनाउँदैनौ भन्दै २८ गतेबाट जिल्लास्थित सरकारी कार्यालय खारेज भयो भने गोरखा र धादिङका आठ वटा गाउँपालिकामा त्यसको काम जाने बताए ।

Advertisement

Advertisement

Advertisement