‘सिटी एक्सप्रेस उत्सव एक्सप्रेस’योजनाका बम्पर विजेतालाई कार हस्तान्तरण

Advertisement

काठमाडौंः विप्रेषण (रेमिटान्स) सेवा प्रदायक कम्पनी सिटी एक्सप्रेस मनी ट्रान्सफरले गएको दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरेको प्रवद्र्धनात्मक कार्यक्रम “सिटी एक्सप्रेस उत्सव एक्सप्रेस”को उपहार योजनाको नतिजा सार्वजनिक गरेको छ ।

विगत १२ बर्षदेखि रेमिटान्स सेवा प्रदान गर्दै आएको यस कम्पनीले दशैं–तिहारको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरमार्फत विदेशबाट नेपालमा रहेका आफन्तलाई रकम पठाएवापतमा दैनिक रुपमा एक जना विजेतालाई एक तोला चाँदीका सिक्का, क्याप, टी सर्ट र किरिङ, साप्ताहिक रुपमा एक जना विजेतालाई ओप्पो मोवाइल र हरेक महिनामा एक जना विजेतालाई एलजी रेफ्रिजिरेटर र बम्पर उपहारको रुपमा रेनल्ट क्वीड (आरएक्सएल) कार उपहारको घोषणा गरेको थियो ।

जसमध्ये बम्पर उपहारको बिजेतालाई कम्पनीले कार उपहार प्रदान गरेको छ । उक्त उपहारको घोषणा यसअघि मंसिर २८ गते फेसबुक लाइभ गरी गरिएको थियो । गोलाप्रथाबाट विजेता छनौट गर्दा साउदी अरबको टेलीमनीबाट जमान तामाङले आफ्नी श्रीमती इलाम निवासी बिमला तामाङलाई पैसा पठाएवापत विजेता बन्न सफल भएका थिए ।

विजेता तामाङलाई एएनबी टेलेमनीका प्रमुख अनवर अल मुर्सेदसमेत सहभागी भएर उपहार हस्तान्तरण गरिएको सिटी एक्सप्रेसले जनाएको छ । कुल ९० दिने उपहार कार्यक्रमको गोलाप्रथाबाट विजेता छनोट गरी दैनिक, साप्ताहिक विजेताहरुलाई यसअघि नै उपहार वितरण भइसकेको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement