विकास गर्न पैसा पुगेनः अर्थमन्त्री, सेयरको संख्या बढेकोले बजार घटेको दावी

Advertisement

यसअघि बुधबार नै जारी गर्ने भनिएको श्वेपत्र आज मात्रै जारी गरिएको हो । श्वेतपत्र जारी गर्न खतिवडा मन्त्री भएदेखि नै लागेका थिए ।

देश संघीय प्रणालीको नयाँ संरचनाका अघि बढेको बेला खर्चका स्रोतहरू बढ्ने तर आम्दानीका स्रोत घट्ने क्रम बढेसँगै त्यसको असर अर्थतन्त्रमा देखिन थालेपछि अर्थमन्त्रीले श्वेतपत्र जारी गरेका हुन । यसले देशको वास्तविक आर्थिक अवस्था बुझ्न जनतालाई सहयोग पुग्छ ।

पछिल्लो समय बैंकहरू लागनी गर्न नसक्ने अवस्थामा पुगेका छन् । देशको शोधनान्तर छ अर्ब ६६ करोडले घाटामा छ । रेमिट्यान्सको दर घट्दो छ । अर्थतन्त्रमा टेवा पुरयाउने पूँजीगत खर्च करिब २३ प्रतिशतको हाराहारीमा मात्र खर्च हुन सकेको छ ।

अर्थमन्त्रीले खर्च बढ्ने आम्दानी घट्ने क्रमले गर्दा विकास परियोजनाहरु कार्यान्वयन गर्न यो बर्ष झण्डै दुई खर्व रुपियाँ अभाव भएको बताए । उनले यसअघि बजेट निर्माण गर्ने क्रममा स्रोत नै नभई बजेटको आकार बढाउन मनोगत आधारमा स्रोत देखाइएको भन्दै वैदेशिक सहायता प्राप्त हुन्छ भन्ने अड्कल गरिएका कतिपय आयोजनामा कुनै छलफलसम्म नभएको खुलासा गरे ।

बजेट निर्माण कुशलतापूर्वक हुन नसकेकाले भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना, धरान चतरा हेटौंडा सडक, हुलाकी राजमार्ग, भूकम्पपछिको पुनर्निर्माणजस्ता राष्ट्रिय प्राथमिकता आयोजनाहरुमा आवश्यकभन्दा कम रकम छुट्याइँदा समस्या देखिएको खतिवडाले बताए ।

यसअघि कृष्णमहादुर महराको नेतृत्वमा अर्थ मन्त्रालयले बजेट निर्माण गरेको हो । मन्त्री खतिवडाले साना आयोजनाहरुमा बजेट छिर्ने प्रवित्तिमा सुधार नआएको बताए ।

सार्वजनिक खर्च व्यवस्थामा चालु खर्चको आधार बढ्दै गएको भन्दै उनले सामाजिक सुरक्षा र शान्ति सुरक्षाका लागि मात्रै कुल ग्रार्हस्थ उत्पादनको पाँच प्रतिशतभन्दा बढी खर्च हुनु, प्रशासनिक र सुरक्षा क्षेत्रको खर्च वृद्धि उच्च हुनु समस्याको रुपमा औल्याए ।

Advertisement

Advertisement

Advertisement