कर्णाली प्रदेशमा आर्थिक कार्यविधि विधेयक र प्रदेशसभा नियमावली पेश

Advertisement

सुर्खेतः एक महिनामापछि शुक्रबार बसेको कर्णाली प्रदेशसभाको छैटौँ बैठकमा आर्थिक कार्यविधि विधेयक र प्रदेशसभा नियमावली, २०७४ पेश गरेका हुन् ।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आर्थिक कार्यविधि विधेयक र प्रदेशसभा नियमावली मस्यौदा निर्माण समितिका संयोजक सीता नेपालीले प्रदेशसभा नियमावली, २०७४ सभामुख राजबहादुर शाहीसमक्ष पेश गरे ।

तत्कालका लागि केन्द्रीय सरकारले दिएको एक अर्ब दुई करोड पाँच लाख रुपियाँ बजेटका लागि विनियोजन बजेट ल्याउन यो विधेयक पारित गर्नुपर्ने अवस्था रहेको ज्वालले बताए ।

उनले प्रदेश सञ्चित कोष स्थापना गर्न, अन्तरमन्त्रालयमा बजेट विनियोजन गर्न, खाता खोल्न, खर्च गर्न र बेरुजु फछ्र्योटका लागि पनि सो विधेयक पारित हुन जरुरी रहेको जनाए ।

प्रदेश मामिला, सार्वजनिक लेखा, अर्थ तथा प्राकृतिक स्रोत साधन र सामाजिक विकास समिति पारितका लागि सभामुखसमक्ष नियमावली पेश गरेका छन् ।

कार्यव्यवस्था परामर्श समिति
सभामुख शाहीले ११ सदस्य कार्य व्यवस्था परामर्श समिति गठन गरिएको जानकारी दिए । समितिका संयोजकमा सभामुख शाही र सदस्यमा नरेश भण्डारी, पुष्पा घर्ती, करवीर शाही र गुलाबजंग शाह रहेका छन् ।

साथै, दीनबन्धु श्रेष्ठ, धर्मराज रेग्मी, मीनासिंह रखाल, सीता नेपाली, सोशिला शाही र हिमबहादुर शाही पनि समितिमा छन् ।

अर्को बैठक यही चैत २० गते अपराह्न १ बस्ने छ ।

Advertisement

Advertisement

Advertisement