रंगशाला बनाउने बताएका धुर्मुसलाई सरकारले आर्थिक सहयोग गर्ने

Advertisement

काठमाडौंः अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउने घोषणा गरेका हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कञ्चना घिमिरे (सुन्तली) लाई सरकारले आर्थिक सहयोग गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले धुर्मस सुन्तलीलाई भेटेरै क्रिकेट रंगशाला निर्माणको काममा सरकारले सहयोग गर्ने बताएका हुन् ।

उनीहरुले सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट सबैको साथ र सहयोग पाएमा नेपालमा एक अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गर्ने बताएका थिए । प्रधानमन्त्री ओलीसँग धुर्मुस सुन्तलीले प्रधानमन्त्री कार्यलय बालुवाटारमा शुक्रबार करिब एक घण्टाजति भेट गरेका हुन् ।

उनीहरुसँगको भेटमा प्रधानमन्त्रीले ओलीले तपाईहरु क्रिकेट रंगशाला निर्माणको काममा अघि बढेमा सरकार साथमा भएको बताएका थिए । साथै, भेटमा ओलीले धुर्मुस सुन्तलीको अभियान ‘नमुना नेपाल’ निर्माणबारे पनि जिज्ञासा राखेका थिए ।

तर, धुर्मुस सुन्तलीले नेपालीको चाहना पहिला रंगशाला निर्माण गर्नु भएकाले अन्तर्राष्ट्रिय रंगशाला निर्माणलाई प्राथमिक्ता दिएको बताएका थिए । धुर्मुस सुन्तलीको रंगशाला निर्माणको योजनाको कप्तान पारस खड्काले स्वागत गरिसकेका छन् ।

Advertisement

Advertisement

Advertisement