सातामा करिब दुई अर्बको कारोबार, ५८ लाख बढी सेयर किनबेच

Advertisement

काठमाडौंः धितोपत्र बजारमा यो साता एक अर्ब ८८ करोड ९९ लाख ७९ हजार रुपियाँ बराबरको शेयर कारोबार भएको छ । सातामा कूल एक सय ८० कम्पनीको ५८ लाख ९५ हजार ३० कित्ता शेयर खरिद बिक्री भएका थिए । कारोबार रकम गत साताको भन्दा ९ दशमलव ८५ प्रतिशत बढी हो ।

गत साता एक सय ७३ कम्पनीको ४६ लाख दुई हजार ६३० कित्ता शेयर एक अर्ब ७२ करोड पाँच लाख २८ हजार रुपियाँ बराबरको शेयर कारोबार भएको थियो ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५१ दशमलव ७४ अंकले बढेर अन्तिम दिन १२२० दशमलव २९ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ११ दशमलव २३ अंकले बढेर २६० दशमलव ८८ अंकमा आइपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । सो कम्पनीको १९ करोड ४४ लाख १० हजार रुपियाँ बराबरको शेयर कारोबार भएको थियो ।

यस्तै कारोबार भएको शेयर संख्याका आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको दुई लाख ५६ हजार कित्ता शेयर कारोबार भएको थियो । नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।

यस्तै सातामा एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, एभरेष्ट इन्स्योरेन्स कम्पनी, माछापुच्छ्रे बैंक र स्ट्यान्र्डड चार्टर्ड लिमिटेडको बोनस शेयर सूचीकृत भएका छन् ।

Advertisement

Advertisement

Advertisement