नेपालीहरुबीच द्वेष फैलाएर जातिय द्धन्द्ध निम्त्याउन नखोजः ओली, अर्थतन्त्रप्रति निराश नहुन आग्रह

Advertisement

काठमाडौंः प्रधानमन्त्री केपी ओलीले नेपालमा जातिय द्धन्द्ध निम्त्याएर रुवान्डा बनाउने खेल भइरहेको भन्दै त्यसप्रति सचेत रहन सबैलाई आग्रह गरेका छन् । गाउँपालिका राष्ट्रिय महासंघको कार्यक्रममा शनिबार उनले जनतामा जातीय द्वेष फैलाउने, विभाजन गर्ने र सम्प्रदायिक सद्भाव विगार्ने प्रयास भइरहेको बताए ।

ओलीले नेपालमा शान्ति भडकाउने षड्यन्त्र नगर्न पनि सचेत गराए । युरोपियन युनियन (इयू)तर्फ संकेत गर्दै उनले संसारमा अन्यत्र नभएको समानुपातिक प्रणालीको जगमा विभाजित गर्ने प्रयत्न भइरहेको बताए । ओलीले षडयन्त्रप्रति होसियार रहन आग्रह गर्दै नेपाली समाजमा विष छर्ने प्रत्यन्त नगर्न आग्रह गरे ।

नेपालमा साम्प्रदायिक सदभाव भडकाउने कुरा सरकारलाई कुनै पनि हालतमा सैह्य नहुने ओलीले बताए । उनले नेपाली अनुहारलाई प्रयोग गरे एकता खलबलाउने र हिंसा भड्काउने कोशिस भइरहेको भन्दै नेपालको संविधानले सबै नेपालीलाई समान अवसर र सम्मान दिएको बताए ।

प्रधानमन्त्री ओलीले संविधान गतिशील भएकाले संशोधन गर्न सकिन्छ भन्दै त्यसलाई जनताको चाहाना अनुसार संशोधन गर्न सकिने तर अरुको लागि संशोधन नहुने बताए । देशको अर्थतन्त्र जतिसुकै खराब भए पनि भागेर कहीँ जान सकिँदैन भन्दै उनले नाजुक अर्थतन्त्रलाई उकास्न सबै जुट्नुपर्ने बताए ।

अर्थतन्त्रप्रति निराश नहुन पनि ओलीले आग्रह गरे । उनले समुद्री सतहभन्दा ४५० मिटर तल जमिन रहेको इजरायलले गरेको प्रगति उदाहरण दिँदै समुद्र सतहभन्दा माथि पानी रहेको नेपालमा गरे जे पनि हुने बताए ।

प्रधानमन्त्री ओलीले ३६ प्रतिशत निरपेक्ष गरिब रहेको, एक तिहाइ जनता खान नपाउने अवस्थामा रहेको नेपाल अब भोक र जाडो कोही पनि मर्न नदिने बताए ।

अब एउटा कमल ओढ्न नपाएर जाडो र शीतलहरको कारण कसैले पनि मर्नु नपर्दैर्ने उनको भनाई थियो । ओलीले जनताको सरकार आएकोले अब कोसैले पनि चिन्ता लिनुनपर्ने भन्दै २०२२ सम्ममा नेपाललाई विकसित मुलुकको सूचीमा पुर्याउने प्रतिवद्धता जनाए ।

Advertisement

Advertisement

Advertisement