आगलागी फर्निचर कारखानामा १० लाखको क्षती

Advertisement

भक्तपुरः भक्तपुर नगरपालिका–९, कमलविनायक टुमुचोस्थित फर्निचर कारखानामा आज दिउँसो आगलागी हुँदा १० लाख रुपियाँ बराबरको क्षति भएको छ । स्थानीय जयराम भैनात्वको फर्निचर कारखानामा विद्युत चुवाहट भई आगलागी भएको सञ्चालकका भाई कृष्णराम भैनात्वले बताए ।

आगलागीबाट काठ चिर्ने मेसिन तीन थान, तयारी पलङ ३० वटा, करिब ३५ हजार नगद, काठ, प्लाई, बनाउँदै गरेका दराज, रङ लगायतका सामान जलेर नष्ट हुँदा सो बराबरको क्षति भएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement