जिफन्टमा गोलाप्रथाद्धारा अध्यक्ष चयन, विनोद श्रेष्ठले मारे बाजी

Advertisement

काठमाडौंः नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को अध्यक्षमा विनोद श्रेष्ठ निर्वाचित भएका छन् । उक्त संगठनको सातौँ राष्ट्रिय महाधिवेशनले शनिबार श्रेष्ठको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो ।

चार वर्षे कार्यकालका लागि श्रेष्ठले अर्का प्रतिस्पर्धी विष्णु लम्सालसँग गोलाप्रथामा पराजित गर्दै निर्वाचित भएका हुन् । दुवैजनाको समान १९१ मत आएपछि गोलाप्रथाबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएको वर्तमान उपाध्यक्ष जितेन्द्र श्रेष्ठले बताए ।

लम्साललाई अनुशासन आयोगको अध्यक्ष बनाइएको छ । यसैगरी उपाध्यक्षमा विदुर कार्की, जितेन्द्र श्रेष्ठ, रमेश वडाल, मन्जु थापा, मीना गुरुङ, दीपक पौडेल, कमल गौतम र गुणराज आचार्य आएका छन ।

यस्तै, महासचिवमा जनक चौधरी, उपमहासचिवमा गीता कार्की र दिनेश राई निर्वाचित भएका छन् । ‘सुदृढ लोकतन्त्र र समृद्ध श्रमजीवि वर्ग’ भन्ने नाराका साथ यही चैत १४ गतेदेखि महाधिवेशन काठमाडौँमा शुरु भएको थियो ।

Advertisement

Advertisement

Advertisement