निजी विद्यालयहरुको अत्याचारः कक्षा १ को भर्ना शुल्क ८८ हजार, मासिक शुल्क १३ हजार

Advertisement

काठमाडौंः नयाँ शैक्षिक सत्रमा भर्नाका लागि निजी विद्यालयहरुले मनपरी शुल्क असुलिरहेका छन् । शुल्क तोक्ने जिम्मेवारीबाट केन्द्र र स्थानीय सरकार एकअर्कालाई देखाएर पन्छिएपछि निजी विद्यालयले जथाभावी शुल्क असुल्न थालेको हो ।

शुल्क वृद्धि गर्दा त्यसको मारमा अभिभावक परेका छन् । स्थानीय तहमा शिक्षासम्बन्धी ऐन नबनेका कारण शुल्क निर्धारण प्रक्रिया ठप्प रहेको समाचार आजको नागरिक दैनिकमा छ ।

यसै अवस्थाको फाइदा उठाउँदै निजी विद्यालयहरुले आफूखुसी शुल्क असुलिरहेका हुन् । अधिकांश नाम चलेका र ठूला भनिएका स्कुलले भर्ना शुल्क आधा लाख रुपियाँको हाराहारीमा असुली रहेका छन् ।

काठमाडौंमा रहेको पाठशाला स्कुलले कक्षा १ मा नयाँ भर्नाका लागि ८८ हजार रुपियाँ शुल्क तोकेको छ । पाठशालाले कक्षा १ को शिक्षण शुल्क नौ हजार मासिक र मासिक शुल्क १३ हजार रुपियाँ लिने निर्णय गरेको छ ।

काठमाडौं धापासीमा रहेको त्रियोग स्कुलले केजी तहमा भर्ना गर्दा एकमुष्ट ७१ हजार १ सय ७३ रुपियाँ लिन्छ । सो तहमा शिक्षण शुल्क दुई हजार ३६३ र मासिक शुल्क नौ हजार १२० तोकिएको छ

Advertisement

Advertisement

Advertisement