नेप्सेमा दोहोरो अंकको गिरावट, परिसूचक एक हजार दुईसयभन्दा तल

nepse2

काठमाडौंः लगातार जसो घटबढ भै रहेको सेयर बजार नेप्से साताको पहिलो दिन दोहोरो अंकले एक हजार दुई सयको बिन्दुबाट तल झरेको छ । आज नेप्से परिसूचक २४ दशमलव ०५ अंकले घटेर एक हजार १९६ दशमलव २४ अंक कायम भएको छ ।

आइतबार कारोबार रकम पनि निराशाजनक रहेको छ । आज करिब २९ करोड २३ लाख रुपियाँ बराबरका ११ लाख कित्ता सेयर किनबेच भए । सबै समूहको उपसूचक घटेर राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको १४८ दशमलव ७७ अंकले घटेको छ ।

united_cement

यस्तै, जलविद्युत समूहको उपसूचक ३७ दशमलव १४ अंकले, विकास बैंक समूहको ३६ दशमलव १ अंकले गिरावट आएको छ ।

साथै, लघुवित्त समूहका, होटल र बैंक समुहका उपसूचक पनि दोहोरो अंकले घटेका छन् ।