अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला वैशाख १४ देखि भृकुटीमण्डपमा

Advertisement

काठमाडौंः देशभरका लघु, घरेलु तथा साना उद्योगका उत्पादन अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्न ‘नेपाल १४ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव’ आगामी वैशाख १४ देखि १८ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने भएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा स्वदेशी मौलिकता रहेका विभिन्न वस्तु तथा सेवाको प्रदर्शन गरिने महोत्सवमा गरिने जानकारी गराइयो ।

महासंघका अध्यक्ष श्याम गिरीले प्रदर्शनीमा सार्क मुलुकका भारत, पाकिस्तान, बंगलादेश, भुटान, श्रीलंका तथा चीनका उद्यमीको समेत सहभागिता रहने जानकारी दिए । आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि लघु, घरेलु तथा साना उद्योगको विकास भन्ने मूल नारा रहेको प्रदर्शनीमा ग्रामीण भेगबाट पनि उद्यमीको सहभागिता हुने जनाइएको छ ।

प्रदर्शनीमा देशभरका स्वदेशी औद्योगिक वस्तुको बजार प्रवद्र्धन गरी उद्यमी–उद्यमीका बीच व्यावसायिक सम्बन्ध विस्तार गराउने, उद्यमीबीच अनुभव आदानप्रदान गराउने, औद्योगिक विकासका लागि नयाँ प्रविधि, कृषि औजार तथा प्रविधि एवं नवीकरणीय ऊर्जा प्रविधिको प्रयोगका लागि प्रचारप्रसार गरिनेछ ।

Advertisement

Advertisement

Advertisement