वैशाखबाट नेपालमा पहिलो राष्ट्रिय आर्थिक गणना सुरु हुने

Advertisement

काठमाडौंः नेपालमै पहिलो पटक देशव्यापी रुपमा वैशाख २ गते आइतबारदेखि राष्ट्रिय आर्थिक गणना २०७५ सुरु हुने भएको छ । राष्ट्रिय योजना आयोगको सचिवालय राष्ट्रिय आर्थिक गणना, २०७५ जिल्ला आर्थिक गणना कार्यालयहरुले मुलुकभरका ७७ वटै जिल्लाहरुमा एकैपटक गणना सुरु गर्ने भएको हो ।

राष्ट्रिय आर्थिक गणना, २०७५ जिल्ला आर्थिक गणना कार्यालय काठमाडौं र नेपाल चेम्वर अफ कमर्सको संयुक्त आयोजनामा आइतबार राजधानीमा भएको गोष्ठीमा यसबारे जानकारी दिइएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला आर्थिक गणना समन्वय समितिका अध्यक्ष केदारनाथ शर्माले नेपालमै पहिलो पटक नयाँं वर्षको सुरुवातसँंगै गणनाको काम सुरु हुने जानकारी दिए ।

वैशाख १ गते शनिबार परेकाले देशैव्यापी रुपमै बैशाख २ गते आइतबारदेखि काम सुरु हुने उनंले बताए । केन्द्रिय तथ्यांक विभागका महानिर्देशक सुमन अर्यालले केन्द्रदेखि स्थानीय तहसम्म प्रतिष्ठान तथा व्यवसायहरुको व्यवसायिक क्रियाकलापसम्वन्धी वर्तमान अवस्था थाहा पाउन गणना गर्न लागिएको जानकारी दिए ।

जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राज बैद्यले गणनाबाट मुख्यतया आर्थिक क्रियाकलापअनुसार प्रतिष्ठानहरुको कुल संख्या स्थिति सम्वन्धी तथ्यांक आदि प्राप्त हुने बताए ।

कार्यक्रमका नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले ऐतिहासिक यस काममा सहयोग गर्न निजी क्षेत्र तत्पर रहेको बताए । यसले मुलुकको आर्थिक विकासमा सहयोग हुने विश्वास उनंले बताए ।

तथ्यांक संकलनका लागि देशैभरि तीन हजार पाँंच सय जनशक्ति परिचालित हुने कार्यक्रममा जनाइयो । तथ्यांक संकलनपछि यसको प्रशोधन, सार्वजनिकीकरण लगायतका पाँंच वर्षे यो योजनाका लागि झण्डै ४० देखि ५० करोड खर्च हुने अनुमान गरिएको छ ।

Advertisement

Advertisement

Advertisement