सेयर बजार झन खुम्चियो, जम्मा २० करोडको कारोबार

Advertisement

काठमाडौंः लगातार घटेर साताको पहिलो दिनमा हिजो आइतबार एक हजार दुई सय अंकभन्दा तल आएको सेयर बजार नेप्सेमा सोमबार पनि गिरावट जारी रहेको छ । आज नेप्सेमा तीन दशमलव २८ अंकले गिरावट आउँदै एक हजार १९२ दशमलव ९६ अंक कायम भएको छ ।

सोमबार नेप्सेमा कारोबार निराशाजनक रह्यो । कारोबार खुम्चिएर २० करोड रुपियाँ बराबरमा झर्दा मात्र दुई लाख ७० कित्ता सेयर किनबेच भयो । सबै समूहका उपसूचकमा गिरावट आए पनि सहकारी समूहको उपसूचकमा भने तीन दशमलव ४७ अंकको वृद्दि देखिएको छ ।

यस्तै, सबैभन्दा धेरै उत्पादन समूहको उपसूचक ३३ दशमलव ४८ अंकले घटेको छ । बीमा समूहमा २३ दशमलव ५८ अंकको गिरावट र होटल समूहमा १६ दशमलव ५४ अंकको गिरावट आएको छ ।

Advertisement

Advertisement

Advertisement