एलजीको नयाँ वर्ष अफरः हरेक सामग्रीको खरिदमा उपहार

Advertisement

काठमाडौंः एलजी ब्राण्डले नयाँ वर्ष २०७५ को अवसरमा आफ्ना हरेक सामग्रीहरुको खरिदमा निःशुल्क उपहार योजना अघि सारेको छ । ग्राहकहरुको जीवनमा उत्साहजनक प्रत्याभूति दिलाउनु यस योजनाको उद्देश्य रहेको सो ब्राण्डले जनाएको छ ।

एलजी होम इन्टरटेनमेन्ट अफरअन्तर्गत चार बर्षको वारेन्टी (नेपालमा पहिलो पटक) र ३० प्रतिशतसम्म छुट सँगै ५५ इन्च वा सो भन्दा माथिको ओएलइडी तथा सुपर यूएचडी टिभीहरुको खरिदमा एसएच४ साउण्ड बार साथै ५५ इन्च र ४९ इन्च यूएचडी टिभीको खरिदमा एलएच६४ होम अडियो प्राप्त गर्न सकिनेछ । साथै, नर्मल र स्मार्ट टिभीको खरिदमा चार वर्षको वारेण्टी प्राप्त गर्न सकिनेछ ।

ग्राहकहरुले एलजी होम एप्लाइन्सेस अफरअन्तर्गत साइड वाई साइड रेफ्रिजिरेटरको खरिदमा १८ हजार ९९० रुपियाँ मूल्य पर्ने एलजी भ्याकुम क्लिनर, डबल डोर रेफ्रिजिरेटरको खरिदमा छ हजार ३२० रुपियाँ पर्ने केन्टको पिज्जा एण्ड अमलेट मेकर, सिङ्गल डोर रेफ्रिजिरेटरमा ८५० रुपियाँ पर्ने पिगनको ड्राइ आइरन, फ्रन्ट लोड वासिङ मेशिनमा पाँच हजार ६९० रुपियाँ पर्ने केन्टको २० लिटरको वाटर प्युरिफायर गोल्ड प्लस, टप लोड वासिङ मेशिनमा एक हजार ५९० रुपियाँ पर्ने सिजीको राइस कुकर, डिसवासरको खरिदमा एक हजार पाँच सय रुपियाँ मुल्य पर्ने डेटरजेन्ट र लिक्वीड, माइक्रोवेभ ओभनको खरिदमा दुई हजार रुपियाँ मुल्य पर्ने एली कुकिङ किट र एयर कण्डिश्नरको खरिदमा दुई हजार ६५० रुपियाँ पर्ने बराबरको फ्रि इन्टलेशन जस्ता उपहारहरु प्राप्त गर्न सकिने छ ।

यो योजना चैत्र १९ गतेदेखि सीमित अवधिको लागि मात्र लागु हुने नेपालमा एलजीको आधिकारिक बिक्रेता चौधरी समूहको सिजी इम्पेक्सले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement