पेट्रोल, डिजेल मट्टीतेलमा बढ्यो मूल्य

Advertisement

काठमाडौंः नेपाल आयल निगमले पेट्रोल, डिजेल मट्टीतेलमा मूल्यवृद्धि गरेको छ । निगमले सबैमा प्रतिलिटर समान दुई दुई रुपियाँका दरले मूल्य बढाएको हो ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार स्वचालित मूल्य प्रणाली अनुसार मूल्यवृद्धि गरिएको हो । सोमबार रातिबाट लागू हुनेगरी बढाइएको नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य आजै राति १२ बजेदेखि प्रतिलिटर एक सय पाँच रुपियाँ तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ८५ रुपियाँ पुगेको छ।

इन्डियन आयल कर्पोरेसन (आइओसी)ले अप्रिल १ मा पठाएको नयाँ मूल्यसूचीमा भाउ बढेर आएकोले मूल्य बढाउनुपरेको गोइतले बताए । हवाई इन्धन र एलपी ग्यासको मूल्यमा भने कुनै हेरफेर गरिएको छैन ।

Advertisement

Advertisement

Advertisement