मयुर यातायात रोक्ने समितिको रुट पर्मिट खारेज गरिने

Advertisement

काठमाडौंः सिन्डिकेट कायम राख्दै एकलौटी बस चलाउन पाउनुपर्ने माग राखी सेवा अवरुद्ध गर्ने यातायात समितिका बसको रुट परमिट (बाटो इजाजतपत्र) सरकारले खारेज गर्ने भएको समाचार आजको कारोबारको पहिलो पृष्ठमा छापिएको छ ।

साविकको यातायात व्यवस्था कार्यालय साना ठूला सवारी बागमतीले मयुर यातायात प्रालिलाई काठमाडौं बनेपाको रुट परमिट दिइ उक्त बसले सेवा सुरु गरेपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसम्बद्ध १३ वटा समितिहरु आन्दोलनमा उत्रिएपछि सरकारले यस्तो निर्णय गरेको हो ।

मयुर यातायातलाई बनेपासम्म जान इजाजत दिइएको विरोधमा आइतबारदेखि महासंघसम्बद्ध १३ वटा संघ तथा समितिले काभ्रे र भक्तपुरका सबै ग्रामीण क्षेत्रमा सवारी साधन चलाउन छाडेका छन् ।

Advertisement

Advertisement

Advertisement