स्याफ्रु-मैलुङ सडक ९५ प्रतिशत पूरा

Advertisement

रसुवाः नेपाली सेनाद्वारा निर्माणाधीन स्याफ्रुबेँशी–मैलुङ खण्डको राजमार्ग ९५ प्रतिशतको काम पूरा भएको छ ।

नेपाल चीनको व्यापार व्यवसाय अभिवृद्धि गर्ने १७ किमी दूरीको सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको र अब धुञ्चे पुछारको त्रिशूली दोभान आसपास क्षेत्रमा १०० मिटर मात्र डब्बल लेन गर्न बाँकी रहेको बताउँदै निर्माणमा कार्यरत प्राविधिक सेनानी सञ्जय केसीले चैत महिनाभरमा सम्पूर्ण कार्य पूरा हुने बताए ।

विसं २०७२ साल वैशाख १ गतेबाट शुरु भएको स्याफ्रुबेँशी—मैलुङ सडक निर्माण कार्य भौगोलिक अवस्था अतिविकट स्थान भए पनि नेपाली सेनाले सरकारले तोकेको समयावधि भित्रै सडक निर्माण गरेको र नयाँ वर्ष २०७४ को बिहानीमै नयाँ सडकमा मोटर गुडाइ परीक्षण गर्ने बताइएको छ ।

गल्छी–बेत्रावती—धुञ्चे—रसुवागढीको मार्गभन्दा अब चालू हुने गच्छी–बेत्रावती–मैलुङ–स्याफ्रु–रसुवागढी मार्गमा २५ किमी दूरी कमी हुने नेपाली सेना स्याफ्रुबेँशी–मैलुङ सडक निर्माण कार्यदलले जनाएको छ ।

यस्तै, निर्माणाधीन उक्त सडकको मैलुङतर्फबाट हाकु क्षेत्रमा भूकम्प आवास निर्माणको सामान ढुवानी गर्न केन्द्रीय आदेशबमोजिम चार दिनका मालबाहक सवारीसाधन हाकुबेँशी झोलुंगेपुलसम्म छोडिएको नेपाली सेनाले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement