असारसम्ममा भूकम्पपीडितलाई दोस्रो किस्ता

Advertisement

काठमाडौंः राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितको निजी आवास निर्माणका लागि दोस्रो किस्ता आगामी असार मसान्तसम्म दिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको प्राधिकरण निर्देशक समितिको बैठकले सो निर्णय गरेको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले यही चैत मसान्तसम्म दिइने निर्णय भए पनि भूकम्पपीडितको घर बनिनसकेको हुनाले २०७५ असार मसान्तसम्म आवास निर्माणका लागि दोस्रो किस्ता दिने निर्णय गरिएको जानकारी दिए ।

भुसालका अनुसार हालसम्म एक लाख १४ हजार भूकम्पपीडितको निजी अवास निर्माण भइसकेको र तीन लाख ९० हजार निर्माणाधीन छन् । पुनःनिर्माणका क्रममा भूकम्पपीडितका आवास निर्माण गर्दा जोखिममा रहेका अशक्त र अपाङ्गतायुक्तलाई प्राथमिकता दिइने विषयमा छलफल भएको थियो ।

निजी आवास निर्माण कार्यविधिलाई सरलीकृत गरेर काम अघि बढाइने सहमतिसमेत बैठकमा भएको छ ।

Advertisement

Advertisement

Advertisement