मुख्यमन्त्रीद्वारा रङ्गशाला निरीक्षण

Advertisement

हेटौँडाः प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडा उपमहानगरपालिका–६ गौरीटारस्थित नारायणी अञ्चलस्तरीय निर्माणाधीन रङ्गशालाको आज निरीक्षण गरेकाछन् ।

उनले प्रदेश सरकारले अन्तर्राष्ट्रियस्तरको खेलकूद प्रतिष्ठान सञ्चालनमा ल्याउन र विभिन्न खेलकूद कार्यक्रम आयोजना गर्न बजेट विनियोजन गरिने बताए ।

उनले प्रदेश नम्बर ३ को १३ जिल्लासँग जोडिने सडक यातायातलाई उच्च प्राथमिकताका साथ सरकारले निर्माण शुरु गर्न लागेको जानकारी दिए ।

जिल्ला खेलकूद विकास समिति सचिव खुसराज दाहालले रङ्गशालामा हालसम्म भइरहेको निर्माण कार्यको प्रगति र राष्ट्रिय खेलकूद परिषद्बाट प्राप्त अनुदान रकमले मात्र निर्माण कार्य अपुरो हुने भएकाले प्रदेश सरकारले थप अनुदान रकम उपलब्ध गराइदिन माग गरे ।

Advertisement

Advertisement

Advertisement