भ्यू टावर निर्माणको काम निर्धारित समयमा नसकिने निश्चित्

Advertisement

काठमाडौंः पुरानो बसपार्कमा निर्माण भइरहेको काठमाडौं भ्यू टावर निर्माणको काम निर्धारित समयमा नसकिने निश्चित भएको छ । काठमाडौं महानगरपालिकाको सार्वजनिक–निजी साझेदारी इकाइका प्रमुख महेश काफ्लेले अत्यन्तै सुस्तगतिमा काम भएकाले निर्धारित समयमा नसकिने बताए ।

भ्यू टावर निर्माणका लागि खम्बा राख्ने काम भइरहेको छ, जुन पहिलो चरणको काम हो । विसं २०७१ फागुन २२ गते जलेश्वर स्वच्छन्द विकोइ विल्ड र कामपाबीच निर्माणको लागि सम्झैता भएको थियो । नियमअनुसार सम्झौता भएको पाँच वर्षमा निर्माणको काम सक्नुपर्नेछ । हाल टावर निर्माका लागि दैनिक ५० जना कामदार खटिएका छन् ।

शुरुमा २९ तल्लाको निर्माण गर्ने भने पनि २०७२ सालको भूकम्पले गर्दा १२ तत्लाको बनाउने तयारी गरिएको छ । निर्माणको अवधिभरि निर्माण गर्ने कम्पनीले वार्षिक ९८ लाख रुपियाँ र निर्माणपश्चात वार्षिक दुई करोड ३५ लाख रुपियाँको दरले तिर्नुपर्छ भने वार्षिक पाँच प्रतिशतका दरले रोयल्टीमा वृद्धि हुनेछ ।

टावर निर्माणपछि महानगरको भौतिक समृद्धि वृद्धि हुने, पर्यटनलगायतका क्षेत्रमा सकारात्मक प्रभाव पर्ने, उच्चस्तरीय सामान एकै स्थानमा प्राप्त गर्न सकिने बताइएको छ ।

करिब २३ रोपनी पाँच आना जमिनमा टावर निर्माण हुनेछ । सार्वजनिक–निजी साझेदारिताका विभिन्न ढाँचामध्ये संरचना निर्माण, सञ्चालन र त्यसपछि हस्तान्तरण गर्ने विधि बुटमार्फत ३० वर्ष टावर निर्माण पक्षले सञ्चालन गरेर महानगरलाई हस्तान्तरण गर्नेछ ।

Advertisement

Advertisement

Advertisement