बाणिज्य बैंकहरुको निक्षेप र कर्जा प्रवाहमा झिनो सुधार

Advertisement

काठमाडौंः केही महिनादेखि सुस्त रहेको बाणिज्य बैंकहरुको कारोबारमा अझै सुधार आउन नसकेको तथ्याङ्कले देखाएको छ । गएको फागुनमा निक्षेप संकलनमा झिनो सुधार आए पनि कर्जा प्रवाह निकै घटेको छ ।

गएको माघमा १९ अर्ब ४७ करोड कर्जा प्रवाह गरेका बाणिज्य बैंकहरुले फागुनमा शुन्य दशमलव ७७ प्रतिशतले बढेर १९ अर्ब ६२ करोड रुपियाँको कर्जा प्रवाह भएको छ । गएको पुसमा दुई दशमलव ७८ प्रतिशतले बढेको कर्जा प्रवाह माघमा जम्मा एक ३० प्रतिशतले बढेर १९ अर्ब ४७ करोड कर्जा प्रवाह भएको थियो ।

निक्षेप संकलनमा पनि निकै सुस्तता देखिएको छ । गएको फागुनमा शुन्य दशमलव ४९ प्रतिशतले निक्षेप संकलन बढेर २२ अर्ब १९ करोड बाणिज्य बैंकहरुको खातामा आएको थियो । त्यो भन्दा पहिला माघमा भने शुन्य दशमलव २८ प्रतिशतले निक्षेप घटेको थियो । गएको पुसमा २२ अर्ब १४ करोड निक्षेप संकलन भएकोमा माघमा जम्मा २२ अर्ब आठ करोड संकलन भएको थियो ।

गएको चैत १६ गते अगाडिको चार हप्ताको विवरणअनुसार पनि निक्षेप तथा कर्जा प्रवाहमा झिनो सुधार मात्रै देखिएको छ । उक्त चार हप्तामा निक्षेप शुन्य दशमलव ५२ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह शुन्य दशमलव २६ प्रतिशतले मात्रै बढेको छ ।

यद्यपि गत बर्षको तुलना गरेर हेर्ने हो भने बाणिज्य बैंकहरुको निक्षेप र कर्जा प्रवाहमा केही सुधार आएको देखिए छ । पुँजी वृद्धिको तुलनामा भने यो वृद्धि निकै न्यून हो । गत बर्ष फागुनको तुलनामा यस बर्ष फागुनमा निक्षेप १४ दशमलव १३ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह २० दशमलव ४१ प्रतिशतले बढेको छ ।

Advertisement

Advertisement

Advertisement