देशको विकासका लागि सहकारीको विकल्प छैनः प्रधानमन्त्री

Advertisement

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि सहकारीको विकल्प नभएको बताएका छन् । सहकारीलाई वेवास्ता गरेर देशले आर्थिक छलाङ मार्न नसक्ने उनले बताएका हुन् ।

राष्ट्रिय सहकारी महासंघ र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको आयोजनामा भएको दोस्रो सहकारी महासम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले सहकारीमार्फत नै आर्थिक संमृद्वि हासिल गर्न सकिने भएकाले सरकारले सहकारीलाई उच्च प्राथमिकता दिएको बताए । उनले अर्थतन्त्र दुर्तगतीमा अघि बढाउन सहकारीबाहेक अरु बाटो नभएकाले सही तरिकाले सहकारीको परिचालनबाट नै देश संमृद्वि बन्ने बताए ।

सहकारीले प्रकृतिक स्रोत, साधन सदुपयोग गर्न सके मात्र देशले छिटो गति लिन सक्नेमा उनाँले विश्वास व्यक्त गरे । जग्गा खण्डीकरण र प्लटिङ गर्ने गरेकाले कृषि उत्पादन खस्कदै गएकाले खण्डीकरण भएको जग्गा जमिन एकीकृत गरी सहकारीमार्फत उत्पादनमा जोड दिनुपने प्रधानमन्त्री ओलीले बताए ।

साथै, उनले सहकारीले उत्पादनका साथै उद्योग, व्यापार व्यावसायमा जोड दिएमा सहकारीमार्फत देशको मुहार फेर्न सकिने भएकाले त्यसका लागि सहकारीको कार्यदिशा स्पष्ट हुनुपर्ने ।

कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक लोकतन्त्र बलियो नभएसम्म राजनीतिक अर्थतन्त्र बलियो हुन नसक्ने बताए । उनले सहकारीलाई साथमा लिएर देश विकासमा जुट्न क्रियाशील भएको बताउँदै खाद्य, स्वास्थ्य, उर्जा, र श्रम व्यवस्थापनमा सहकारीले सशक्त योगदान दिन सक्ने बताए । सहकारी–नीजि, सहकारी सार्वजनिक र नीजि–सहकारी अवधारणमा देश अघि बढ्ने उनाँको भनाई थियो ।

कृषि, व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले सार्वजनिक, नीजि र सहकारीको साझेदारीमा आर्थिक विकास हुने बताइन् । कार्यक्रममा बोल्दै आइएलओ नेपालका डाइरेक्टर रिचार्ड हवार्डले दीगो विकासका लागि सहकारीले आर्थिक उत्पादनमा जोड दिनुपर्ने बताए । उनले भने, ‘हामी उत्पादनमा सहजिकरण गर्न तयार छौं ।’

युएनडिपी कन्ट्री डाइरेक्टर रिनाउन मेयरले ग्रामीण अर्थतन्त्र बलियो बनाउन सहकारीसँग सहकार्य गर्न सकिने बताए ।

दुईदिनसम्म सञ्चालन हुने सम्मेलनमा ११ वटा कार्यपत्र प्रस्तुत हुने छन् ।

Advertisement

Advertisement

Advertisement