करिब ८ करोड फेसबुक प्रयोगकर्ताको डाटा चोरी भएको जुकरबर्गको स्वीकार

Advertisement

काठमाडौंः सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरवर्गले आठ करोड ७० लाख फेसबुक प्रयोग कर्ताको डाटा चोरी भएको स्वीकार गरेका छन् । उनले पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी दिएका हुन् ।

बीबीसीका अनुसार डाटा चोरी हुनेमा ११ लाख प्रयोगकर्ता बेलायतका रहेका छन् साथै, क्रिस्टोफर बिलीले भने पाँच करोड फेसबुक प्रयोग कर्ताको डाटा चोरी भएको बताएका थिए ।

बीबीसीले बताए अनुसार ‘दिस् इज योर डिजिटल लाइफ’ भन्ने प्रश्नोत्तर जडान गर्ने तीन लाख पाँच हजार प्रयोग कर्ताको विवरहरु चोरीएको अनुमान गरिएको छ । डाटा चोरी भएको खुलासा भएपछि केही समययता फेसबुकको आलोचना भईरहेको छ ।

यस्तै केही वर्ष अघिदेखि क्यमम्ब्रिज एनालिटिकाले विश्वभरका करोडौं व्यक्तीको डाटा संकलन गरेको थियो । उक्त कम्पनीले ति जानकारी डिलिट गरेको बताएको छ ।

क्याम्ब्रिज एनालिटिकाको स्क्याण्डल सार्वजनिक भएपछि फेसबुकका मालिक मार्क जुकरबर्गले कम्पनीको गल्ति भएको स्वीरेका थिए । उनले गल्तिको व्यवस्थापन गर्दै आगामी दिनमा यस्तो नहुने आश्वासन पनि दिएका थिए । उनले तेस्रो पार्टी एप्सको बारेमा जानकारी लिन अब सजिलो नहुने बताएका थिए ।

जुकरर्बगले एप्स बनाउने अलेग्जेण्डर कोगन, क्याम्ब्रिज एनालिटिका र फेसबुककोबीचमा भएको विश्वासघात सार्वजनिक भएको थियो ।

Advertisement

Advertisement

Advertisement