सेयर बजार उच्च दरले बढ्न थाल्यो, खरिद बिक्रीमा पनि निकै सुधार

Advertisement

काठमाडौंः लामो समयदेखि गिरावट हुँदै आएको सेयर बजार उच्च दरले बढन थालेको छ । बुधबार २७ अंकभन्दा बढिले बढेको सेयर बजार परिसुचक नेप्से आज बिहीबार २४ अंकले बढेर एक हजार २५० पार गरेको छ ।

सेयर खरिद बिक्रीमा विगतमा देखिएको सुस्ततामा आज व्यापक सुधार भएको छ । बुधबारको तुलनामा आज कारोबार दोब्बरले वृद्धि भएर ६० करोड रुपियाँभन्दा बढिको सेयर किनबेच भएको छ । व्यापार समूहका कम्पनीको कारोबार नभए पनि बाँकी सबै समूहका लगानीकर्ताले आज राम्रो कमाई गर्न सकेका छन् ।

कुल १६८ कम्पनीको सेयर किनबेच भएकोमा जम्मा १३ कम्पनीको मात्रै सेयरमा गिरावट छ भने सबैभन्दा राम्रो नाफा गर्नेमा तिनाउ डेभलपमेन्ट बैंकका लगानीकर्ता छन् । बजारमा आज सबैभन्दा बढि नेपाल इन्स्योरेन्स कम्पनीको तीन करोड ९१ लाख रुपियाँको सेयर किनबेच भएको छ ।

समूहगत कारोबारतर्फ सेयर बजारमा सबैभन्दा ठूलो हिस्सा ओगटेको बाणिज्य बैंक समूहको उपसुचक एक दशमलव ७२ प्रतिशतले बढेको छ भने बीमा समूहको उपसुचक तीन दशमलव ११ प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंक, जलविद्युत, उत्पादनमूलक र लघुवित्त समूहको उपसुचक दुई प्रतिशतभन्दा बढिले सुधार आएको छ ।

लगातार घटिरहेको बजारका बारेमा अर्थमन्त्रीको नकारात्मक टिप्पणी आएसँगै बजार झन प्रभावित भएपछि लगानीकर्ताहरुको समूहले अर्थमन्त्री युवराज खतिवडालाई भेटेर छलफल गरेको थियो । भेटमा पछिल्लो भेटमा अर्थमन्त्रीको केही सकारात्मक दृष्टिकोण आएको थियो । साथै, लगानीकर्ताहरुले गठन गरेको इन्भेष्टर्स फोरमले पुँजीबजार सुधारका लागि सरकारसँग विभिन्न माग राख्दै माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएपछि अर्थमन्त्री हच्किएका हुन ।

Advertisement

Advertisement

Advertisement