प्रधानमन्त्री ओलीलाई नयाँदिल्लीमा भारतीय गृहमन्त्रीको स्वागत

pm-oli-india

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतको नयाँदिल्लीमा रहेको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्रीले स्वागत गरेका छन् । भारत पुगेका प्रधानमन्त्रीलाई भारतीय गुहमन्त्री राजनाथ सिंहले स्वागत गरेका हुन् ।

भारतीय जनता पार्टी (भाजपा)का पुर्वअध्यक्ष समेत रहेका गृहमन्त्री सिंह नेपाल वायु सेवा निगमको विमानबाट इन्दिरा गान्धी विमानस्थलमा आवतरण गर्नुअघिनै ओलीलाई लिन आएका थिए । उनीसँगै अर्थराज्यमन्त्री प्रताप शुक्ला र नेपालका लागि भारतीय राजदुत मञ्जिभ सिंह पुरी पनि ओलीलाई विमानस्थलमा स्वागत गर्न आएका थिए ।

ss-college

ओली प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो विदेश भ्रमणका रुपमा भारत गएका हुन् । उनी प्रधानमन्त्रीमा निर्वाचित भएको ५० दिन पुरा भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीलाई आजकै मीतिमा भारत भ्रमण गर्न भन्दै भ्रमणको मीति तोकेको थियो ।

ओली आज चैत २३ गतेदेखि २५ गतेसम्म तीनदिने भ्रमणमा गएका हुन् । उनी नेपाल वायुसेवा निगमको नियमित भारत उडानको विमानबाट विहान ९ बजे भारत प्रस्थान गरेका हुन् ।