सहकारीमार्फत नयाँ मोडलमा आर्थिक विकास – प्रचण्ड

Advertisement

काठमाडौंः पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारीमार्फत नयाँ मोडेलमा देशको आर्थिक विकास गर्न सकिने बताएका छन् । दोस्रो सहकारी महासम्मेलनको समापन कार्यक्रममा बोल्दै दाहालले सहकारीमार्फत आर्थिक संमृद्वि हासिल गरिने बताएका हुन् ।

राष्ट्रिय सहकारी महासंघ र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा उनले ‘अब सहकारीमार्फत देश नयाँ उचाईमा पुग्नुका साथै, सहकारीले आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने बताए ।

राजनीतिक स्थायित्व देशले पार गरिसकेको भन्दै प्रचण्डले सामाजिक न्यायसहितको आर्थिक मोडेलमार्फत देश नयाँ उचाईमा पुग्ने बताए । उनले शान्ति, स्थात्वि र संमृद्विका लागि सहकारी अपरिहार्य भएको बताए ।

अन्तराष्ट्रिय सहकारी महासंघका अध्यक्ष एरिल ग्वार्कोले सहकारीले आर्थिक र सामाजिक विकासमा उच्च योगदान दिएको बताए । सामाजिक न्यायका क्षेत्रमा नेपालको सहकारीले रचनात्मक काम गरेको उनको भनाई थियो ।

यस्तै, भारतीय सहकारी संघका अध्यक्ष चन्द्रपालसिंहले दीगो विकासका लागि सहकारीले महत्वपूर्ण योगदान दिने बताए । ‘देशको संमृद्विका लागि सहकारीको भूमिका उच्चतम हुन्छ’ उनले भने । देशको विकास र असमानता अन्त्य गर्दै सहकारीले उत्पादन र विकासका लागि जोड दिनुपर्ने बताए ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीले महासम्मेलनपश्चात सन् २०२० सम्म निर्दिष्ट गरेको लक्ष्य पूरा गर्नेमा विस्वस्त रहेको बताए ।

Advertisement

Advertisement

Advertisement