देशभरको सिन्डिकेट तोड्न नयाँ यातायात व्यवसायीहरुलाई रुट परमिट खुला

Advertisement

काठमाडौंः यातायात व्यवस्था विभागले देश भरका सबै सडकमा नयाँ रुट परमिट खुलाउने भएको छ । सिन्डिकेटविरुद्ध कडा रुपमा उत्रिएको विभागले सबै सडकमा परमिट खुलाउन देशभरमा यातायात कार्यलयहरुलाई शुक्रबार निर्देशन दिएको छ ।

विभागले कानुनमा व्यवस्था भएको खुला प्रतिस्पर्धाको आधारमा देशभरका सबै रुटमा नयाँ सवारीलाई परमिट दिने निर्णय गरेको हो । सरकारले सिन्डिकेट नमान्ने बताए पनि देशभरका सार्वजनिक यातायातमा अघोषित सिन्डिकेट रहेको छ । तर, पछिल्लो समय काठमाडौंदेखि बनेपासम्मको सिन्डिकेट भने विभागले तोडेको छ ।

विभागले मयुर यातातले काठमाडौं बनेपामा रुप परिमट दिएपछि उक्त रुटमा सवारी चलाउँदै आएका ११ समितिका बसले आन्दोलन गरेपछि साझा यातायातसँगै अन्य नयाँ यातायात व्यवसायीलाई सेवा सञ्चालनको अनुमति दिएको हो ।

अब कुनै पनि रुटमा सवारी इजाजत नरोकिने बताउँदै विभागले कसैले विरोध गर्दैमा सिन्डिकेट कायम नरहने बताएको छ । विभागले रुटमा अरुका सवारीलाई निषेध गरेर आफ्नामात्र सवारी चलाउने दिन गएको बताउँदै कसैले सिन्डिकेट लागु गर्न खोजे कारवाही गर्ने चेतावनी दिएको छ ।

Advertisement

Advertisement

Advertisement