'मल्टि डेरिभेटिभ एक्सचेन्ज' नामक नयाँ 'कमोडिटी ट्रेडिङ' कम्पनी बोर्डमा दर्ता

Advertisement

काठमाडौंः वस्तु विनिमय (कमोडिटी एक्सचेन्ज) बजारसम्बन्धी कारोबार गर्न मल्टि डेरिभेटिभ एक्सचेञ्ज नामक कम्पनीलाई नेपाल धितोपत्र बोर्डले दर्ता गरेको छ । कुल ६८ करोड २५ लाख रुपियाँ चुक्ता पुँजी रहेको यो कम्पनी बोर्डमा बिहीबार दर्ता भएको हो ।

मल्टि डेरिभेटिभ एक्सचेञ्जमा नौ वटा बाणिज्य बैंक र पाँच वटा बीमा कम्पनीदेखि नाम चलेका विभिन्न उद्योगहरुको लगानी रहेको छ । स्वयडा इन्भेष्टमेन्टको संयोजनमा सञ्चालनमा आउन लागेको यस कम्पनीमा चार वटा इन्भेटमेन्ट कम्पनीहरुको समेत लगानी रहेको छ ।

मल्टि डेरिभेटिभ एक्सचेञ्जको संस्थापक बैंकहरुमा सानिमा बैंक, जनता बैंक, सिद्धार्थ बैंक, लक्ष्मी बैंक, सनराइज बैंक, एनसीसी बैंक, एनएमबी बैंक, महालक्ष्मी विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंक छन् भने बीमा कम्पनीहरुमा प्राइम लाइफ इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, नेको इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स छन् ।

त्यसैगरि, इन्भेष्टमेन्ट कम्पनीहरुमा स्वेडा, सिविआइएल क्यापिटल, एमडिएक्स नेपाल, एक्जान्टे इम्भेष्टमेन्ट र गतिशिल इन्भेष्टमेन्टको लगानी रहेको छ । मल्टि डेरिभेटिभको मुख्य प्रवद्र्धकमा स्वेडा इन्भेष्टमेन्ट छ भने अन्य ३८ जना संस्थापक छन् ।

वस्तु विनियम गर्ने गर्ने कम्पनीको लागि न्युनतम चुक्ता पुँजी ५० करोड रुपियाँ तोकिएकोमा मल्टि डेरिभेटिभले ६८ करोड २५ लाख चुक्ता पुँजीसहित बोर्ड वस्तु विनिमय कारोबारका लागि बोर्डमा सुचीकृत गरेको हो ।

यसअघि पनि यस्ता कम्पनीहरु दर्ता भए पनि कारोबार अघि बढाउन नसकिरहेको बेला स्वेडाले विनिमय बजारलाई मर्यादित र व्यवस्थित ढंगबाट आफूहरुले अघि बढाउने बताएको छ । बोर्डमा यसअघि यस्ता तीन कम्पनीहरु दर्ता भइसकेका छन् ।

बोर्डमा गैरआवासीय नेपालीको लगानीमा नेपाल डेरिभेटिभ एक्सचेन्ज, नेपाल इन्भेष्टमेन्ट बैंक र दुगड समूहको मर्कन्टाइल एक्सचेन्ज र हाल सञ्चालनमा रहेको कमोडिटी फ्यूचर एक्सचेञ्ज (सिएफक्स) दर्ता छन् ।

Advertisement

Advertisement

Advertisement