एनआइसी एसियाले कर्णालीका आठ जेहेन्दार विद्यार्थीलाई दियो छात्रवृत्ति

Advertisement

काठमाडौंः एनआइसी एसिया बैंकले कर्णाली प्रदेशका आठ जेहेन्दार विद्यार्थीहरुलाई दुई लाख रुपियाकोँ छात्रवृत्ति वितरण गरेको छ । उक्त छात्रवृत्ति विद्यार्थीहरुको आगामी दिनको अध्ययनका लागि सहजता होस् भन्ने उद्देश्यले बितरण गरिएको बैंकले जनाएको छ ।

कालिकोटबाट माध्यमिक शिक्षा हासिल गरी काठमाडौंमा अध्ययनरत जेहेन्दार तथा द्वन्द पीडित विद्यार्थीहरुलाई उक्त छात्रवृत्ति बितरण गरिएको हो । बैंकले मुलुकभर फैलिएको आफ्नो १९२ वटा शाखा कार्यालयहरुमार्फत देशका विभिन्न स्थानहरुमा सामाजिक कार्यहरुमा सहयोग गर्दै आइरहेको र भविष्यमा पनि निरन्तर यसरी नै सामाजिक कार्यहरुमा सहयोग गरिरहने प्रतिबद्धता जनाएको छ ।

Advertisement

Advertisement

Advertisement