दिल्लीमा ओली-मोदी 'वान टु वान' भेटवार्ता, राहुल र मनमोहनले पनि भेटे

Advertisement

नयाँदिल्लीः प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच वान टु वान भेटवार्ता भइरहेको छ । दुवैबीच शुक्रबार साँझ सात बजेदेखि भेटवार्ता सुरु भएको हो ।

औपचारिक कुटनीतिक वार्ता शनिबार नै हुने भए पनि आज दुई नेताबीच एक्लाएक्लै भेटवार्ता भएको छ । दिल्लीको लोककल्याण मार्गस्थित सरकारी निवासमा पुगेर ओलीले मोदीलाई भेटेका हुन् ।

भारतमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया सकेपछि ओलीले मोदीलाई भेटेका हुन । उनले आजै काँग्रेसआईका अध्यक्ष राहुल गान्धी र नेता डा मनमोहन सिंहसँग राष्ट्रपति भवनमा भेटवार्ता गरे ।

दिल्ली ओर्लिएलगत्तै भारतीय वरिष्ठ राजनीतिज्ञ शरद यादवसँग भेटेका ओलीले पूर्व चीफ एबी माथुर, भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभाल पनि भेटेका थिए ।

ओलीले आजै भारतीय व्यापारीहरुसँग अन्तरक्रिया गर्दै नेपालमा लगानीको लागि आव्हान गरेका थिए । उनले नेपालमा नयाँ युग सुरु भएको भन्दै लगानीको लागि बनेको अवसर खेर फाले भारतीय लगानीकर्ताहरुलाई पछि पछुताउ हुने बताएका थिए ।

Advertisement

Advertisement

Advertisement