सँगै जनयुद्ध लडेका बादललाई विप्लवका गतिविधि मन परेन, विप्लवलाई सच्चिन चेतावनी

Advertisement

चितवनः गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको माओवादीले गरिरहेका क्रियाकलापलाई अतिवादी भन्दै त्यसका विरुद्ध सरकार कडा भएर लाग्ने चेतावनी दिएका छन् ।

प्रेस सेन्टर र प्रेस चौतारीले शनिबार संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा विप्लवका क्रियाकलाप राजनीतिक नभइ ध्वंसात्मक भएको बताए । उनले भने– “शान्ति, स्थायित्वको विरुद्ध अतिवादी अराजकतातिर लैजान खोजिदैछ त्यो सरकारलाई स्वीकार्य छैन ।”

विप्लव नेतृत्वको माओवादीले संविधान र कानून विरोधी गतिविधि गरिरहेको भन्दै थापाले यो गैरराजनीतिक गतिविधि सरकारले रोक्ने बताए ।

उनले भने– “यो राजनीतिक गतिविधि मानिदैन, गैरराजनीतिक गतिविधि हो ।’’ गृहमन्त्रालयले केही दिनअघि कार्ययोजना सार्वजनिक गरेको भन्दै थापाले विकास, समृद्धि र सुशासनका लागि देशमा शान्ति सुरक्षा, अमनचयन कायम गर्नुपर्ने बताए ।

मन्त्री थापाले वैशाखको दोस्रो सातासम्ममा दुई कम्युनिष्ट पार्टी एक हुने भन्दै यसले विश्वका सबै अग्रगामी शक्तिलाई प्रेरणा दिने बताए ।

उनले अब प्रहरी महानिरीक्षक नियुक्तिमा कुनै विवाद नआउने भन्दै नियमसंगत र वैज्ञानिक ढंगले काम हुने जिकिर गरे ।

Advertisement

Advertisement

Advertisement