सगरमाथालाई समुन्द्रसँग जोड्ने मोदीको प्रतिवद्धता, नेपाल अब भूपरिवेष्ठित नरहने

Advertisement

नयाँदिल्लीः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सगरमाथाको देश नेपाललाई समुन्द्रसँग जोड्न आफू तयार रहेको बताएका छन् । दिल्ली भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीसँग संयुक्त पत्रकार सम्मेलन गर्ने क्रममा मोदीले नेपाल अब भूपरिवेष्ठित मुलुक नरहेको बताए ।

भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारतबीचको सम्बन्धलाई अझ मजबुत बनाउन मिलेर काम गर्न आफूहरु तयार रहेको भन्द्र नेपालको विकासका लागि आवश्यक सबै सहयोग गर्न भारत तयार रहेको बताए ।

उनले भने, ‘नेपाल अब भूपरिवेष्ठित देश रहिरहँदैन, उसलाई हामी अब समुद्रसँग जोड्छौँ । सगरमाथाको देशलाई अब सागरसम्म जोडिनेछ ।’ काठमाडौंलाई अब सीधै भारतसम्म रेल लाइनले जोड्ने पनि मोदीले घोषणा गरे ।

उनले भने, ‘काठमाडौंबाट अब हामी भारतसम्म सीधा जोड्न रेल लाइनले जोड्छौँ । जलस्रोत र ऊर्जाका परियोजनाहरुमा मिलेर काम गरिने छ ।’

लामो समयदेखि चर्चामा रहेका पञ्चेश्वर, सप्तकोशी र सुनकोसी जस्ता ठुला जलविद्युत तथा बाँध परियोजना पनि अघि बढाउने भन्दै भारतीय प्रधानमन्त्री मोदीले थपे, ‘नेपाल नयाँ राजनीतिक रुपमा युगमा प्रवेश गरेको छ । ओलीजीले नेपाल तीव्र आर्थिक विकासतर्फ गइरहेको मलाई जानकारी दिनुभयो । यो भिजनलार्इ सहयोग गर्न भारत भागिदार बन्न सक्छ ।

उनले ओलीको प्रसंशा गर्दै ओलीलाई स्वागत गर्न पाउँदा धेरै खुसी लागेको बताए । मोदीले ओलीसँगको सहकार्यमा अब दुई देशको साथ विकास लागि भएको भन्दै समृद्ध नेपाल र सुखी नेपाली बनाउने ओलीको भिजनलाई सफल बनाउन हाम्रो पनि भूमिका हुन्छ भने ।

भारतीय प्रधानमन्त्री मोदीले काठमाडौंसम्म रेल पुर्याउने काम चाँडै अघि बढाउन तयार रहेको भन्दै तराईको सडक विस्तार, पेट्रोलियम पाइपलन, क्रस बोर्डर कनेक्टिभिटी, कृषि शिक्षा र अनुसन्धानको क्षेत्रमा पनि मिलेर काम गर्न सकिने बताए ।

मोदीले दुई देशबीचको रक्षा र सुरक्षा विषय पनि ओलीसँग गहन छलफल भएको बताए ।उनले खुला सीमानाको दुरुपयोग रोक्न आफूहरुबीच कुराकानी भएको भन्दै खुला सीमानाका कारण उब्जेका समस्या स‌ंयुक्तरुपमा हल गरिने बताए । साथै, मोदीले रामायण र बुद्धिस्ट सर्किट विकास गरी पर्यटन प्रवद्र्धन गर्ने पनि बताए ।

Advertisement

Advertisement

Advertisement