नेपालले गर्न लागेको विकासमा साथ देउः ओली

Advertisement

काठमाडौंः प्रधानमन्त्री केपी ओलीले नेपाल अब भारतसँग ल्याण्डलिंक मात्र नभइ वाटरलिङ्क हुने बताएका छन्। नेपालको आफ्नै पानी जहाज सञ्चालन गर्ने बताउँदै आएका ओलीले दिल्ली भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग संयुक्त पत्रकार सम्मेलन गर्ने क्रममा उक्त कुरा बताएका हुन ।

शनिबार हैदरावाद हाउसमा आयोजित पत्रकार सम्मलेनमा ओलीले नेपाल अब समुन्द्रसँग पनि जोडिने बताए । उनले नेपालको आवश्यकता पूर्वाधार विकास र कनेक्टीभिटी हो भन्दै त्यसले मात्रै विकासको गतिलाई अगाडि बढाउने भएकाले साथ दिन भारतसँग आग्रह गरे ।

उनले गरिवी अन्त्यसँगै समृद्धि हासिल गर्ने कुरा नेपाल र भारतको साझा लक्ष्य हुन भन्दै उनले भने, ‘साझा विषयहरूमा हामी छिमेकसँग सहकार्य गरेर अघि बढने छौं ।’ ओलीले नेपाल समृद्धिको दिशामा अघि बढ्न लागेको बताउँदै नेपालका जनता खुशी र देश विकसित हुने बताए ।

चुनावपछि नेपालमा बहुमतको स्थिर सरकार बनेको र नेपाल आर्थिक समद्धिको दिशार्फ अघि बढेको भन्दै ओलीले आफू नेतृत्वको सरकारको उद्देश्य नै समृद्धि भएको बताए । उनले नेपालमा लगानीको लागि उपयुक्त वातारण बनेकोले भारतका निजी तथा सार्वजनिक कम्पनीहरुले ढुक्कले लगानी गर्नसक्ने बताए ।

साथै ओलीले सीमा क्षेत्रमा हुने आतंकवाद र अपराध न्यूनीकरणका लागि नेपाल गम्भीर रहेको बताए । सीमा क्षेत्रमा हुने अपराध न्यूनीकरणका लागि दुबै देश मिलेर काम गर्नुपर्ने उनको भनाई छ ।

ओलीले काठमाडौं–रक्सौल रेलमार्ग विस्तारमा भारतले सहयोग गर्ने बताएकोमा खुसी व्यक्त गरे । आफूलाई भारतमा भएको न्यानो स्वागतको लागि मोदीलाई धन्यवाद दिँदै मोदीले नेपाल भ्रमणको लागि आग्रह गरे । नेपाल र भारतबीचको मित्रता सदियौँदेखि रहनु नै ठूलो कुरा भएको ओलीको भनाई थियो ।

Advertisement

Advertisement

Advertisement