देव: विकास बैंकको हकप्रद सेयर भोलीदेखि

deva-bikash-bank

काठमाडौंः देव विकास बैंकको आफ्ना सेयरधनीहरुका लागि ४० प्रतिशत हकप्रद सेयर भोली (सोमबार)देखि निष्कासन हुने भएको छ । बैंकले १०ः४ को अनुपातमा ६५ लाख ३३ हजार १०८ दशमलव ५९ कित्ता हकप्रद सेयर बिक्री खुला गर्न लागेको हो ।

उक्त हकप्रदका लागि गत फागुन १६ गतेसम्म कायम सेयरधनीहरुले मात्र वैशाख ३० गतेसम्ममा आवेदन दिन सक्छन् । हकप्रदको बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ ।

हकप्रदका लागि आवेदकले एनआइबीएल एस क्यापिटलको प्रधान कार्यलय लगनखेलबाट र पोखरामा रहेको शाखा कार्यलयबाट आवेदन दिन सक्नेछन् ।

साथै, देव विकास बैंकको कार्यलयका र आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि बैंकको हकप्रदमा आवेदन दिन सकिनेछ ।

देव विकासको हाल कायम चुक्ता पूँजी एक अर्ब ६३ करोड ३२ लाख ७७ हजार रुपियाँ रहेकामा ४० प्रतिशत हकप्रद सेयर निष्कासनपछि करिब दुई अर्ब २८ करोड ६५ लाख रुपियाँ पुग्नेछ ।