आइपीएलमा दिल्ली र पञ्जाव आज भिड्दै, सन्दिपको सम्भावना न्युन

Advertisement

काठमाडौंः इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत नेपाली युवा खेलाडी सन्दिप लामिछानेको टिम दिल्ली डेयरडेभिल्स आइतवार दिउँसो ४ बजे प्रतियोगितामा आफ्नो पहिलो खेलमा किंग्स इलेभेन पञ्जावको सामना गर्दैछ ।

पञ्जावको घरेलु मैदान चण्डिगढमा दिल्लीले सन्दिपलाई सुरुवाती ११ मा राख्ला वा नराख्ला भन्ने धेरै नेपालीको चासोको विषय हो । त्यसकारण सबै नेपाली क्रिकेट समर्थकले दिल्ली र पञ्जावको खेलमा आफ्नो ध्यान केन्द्रित गर्नेछन् ।

प्रतियोगिता सुरु हुनुअघि दिल्लीले सन्दिपको जर्सी नेपालमै आएर सार्वजनिक गर्नुका साथै सामाजिक सञ्जालबाट सन्दिपको चर्चा गर्नुले पनि सन्दिपको मैदान उत्रने सम्भावना धेरै देखिन्थ्यो ।

यस्तै, प्रशिक्षक रिकीं पोन्टिङले तथा कप्तान गौतम गम्भिरले सन्दिपको प्रशंसा गर्नुले पनि उनको मैदान उत्रने सम्भावना अधिक देखिन्थ्यो ।

कासिगो रावाडाको अवस्थाले र पहिलो खेलमा ग्लेन म्याक्सवेलको अनुपस्थितीले गर्दा पनि सन्दिप सुरुवाती ११ मा पर्ने आशा नेपालीले गरेका थिए । तर, टोलीले म्याक्सवेलको स्थानमा जोसेन रोयनलाई र कासिगो रावाडाको स्थानमा लियम प्लुनकेटलाई समावेश गरिसकेको छ ।

यसकाराण पनि पञ्जावविरुद्धको खेलमा सन्दिप सुरुवाती ११ मा पर्ने सम्भावना न्युन रहेको छ ।

Advertisement

Advertisement

Advertisement