सेयर बजारमा उछाल, नेप्से ४४ अंकले बढ्दा कारोबार ९१ करोड बढी

Advertisement

काठमाडौंः साताको पहिलो दिन आइतवार सेयर बजारमा उत्साहजनक सुधार देखिएको छ । आज सेयर बजार परिसुचक नेप्से ४४ अंकले बढेर एक हजार तीनसय नजिक पुगेको छ भने कारोबार रकममा पनि ह्वात्तै वृद्धि भई ९१ करोड रुपियाँभन्दा बढिको सेयर किनबेच भएको छ ।

गएको साता पछिल्लो दुई दिन पनि सेयर बजारमा उत्साहजनक सुधार आएसँगै लगानीकर्तामा उत्साह र आशा पलाएको थियो । लामो समयदेखि बजार घट्ना ऋण तथा सापट लिएर लगानीकर्ता सर्वसाधारण लगानीकर्तामा निराशा बढ्दै गएको थियो ।

समूहगत कारोबार हेर्दा लघुवित्त र बीमा समूहको उपसुचक छ प्रतिशतभन्दा बढिले बढेको छ भने होटल समूहको उपसुचक चार प्रतिशतभन्दा बढिले बढेको छ । नेपालको सेयर बजारमा ठूलो हिस्सा ओगटेको बाणिज्य बैंक समूहको उपसुचक करिव तीन प्रतिशतले बढेको छ ।

आज १७६ वटा कम्पनीको कारोबार भएकोमा जम्मा १० वटा कम्पनीका लगानीकर्ताले मात्रै घाटा सहेका छन् भने बाँकीले राम्रो कमाई गर्न सफल भएका छन् ।

Advertisement

Advertisement

Advertisement