काठमाडौंः माछापुच्छ्रे बैंकले नयाँ वर्ष २०७५ सालको अवसरमा बैंकबाट जारी भएका भिसा चिप कार्डहरुलाई १० प्रतिशत क्यास ब्याक अफर ल्याएको छ । अब बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड र प्रिपेड कार्ड प्रयोग गरी सामान खरीद गर्दा रकमको १० प्रतिशत खरिदकर्ताको खातामा र्फिता हुनेछ ।
साथै, कुनै भुक्तानी गर्दा बील रकमको १० प्रतिशतले बढीमा एक हजार रुपियाँ ग्राहकको खातामा फिर्ता हुनेछ । कारोबारको संख्यामा कुनै सीमा नभएको र प्रत्येक खरीद वा भुक्तानीमा ग्राहकले क्यास ब्याक पाउने बैंकले जनाएको छ । ग्राहकले पाउने फिर्ता रकम महिनाको अन्त्यमा बैंकले ग्राहकको खातामा जम्मा गरिदिने व्यवस्था बैंकले गरेको छ ।
अफर सीमित अवधिको लागि ल्याएको र बजारमा उत्कृष्ट अफरको रुपमा आएकोले यसबाट अत्याधिक लाभ लिन ग्राहकहरुलाई बैंकले आव्हान गरेको छ । यो अफर चिप कार्डमा मात्र लागू भएकोले बैंकले चिप कार्ड नभएका ग्राहकहरुलाई आफ्नो कार्डलाई चिप कार्डमा परिवर्तन गर्न भनेको छ ।
नयाँ वा पुराना ग्राहकले नजिकको शाखाबाट तुरुन्त चिप कार्ड पाउने व्यवस्था समेत गरिएको बैंकले जनाएको छ । बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १४ शाखा रहित बंैकिङ्ग सेवा समेत गरी जम्मा ८० स्थानबाट ग्राहकलाई सेवा दिइरहेको छ ।