जगदम्बा सिमेन्टको निर्माण व्यवसायीलाई प्राविधिक जानकारी

Advertisement

काठमाडौंः जगदम्बा सिमेन्टले दिगो संरचना निर्माणका लागि प्राविधिक जानकारी दिन यसै आर्थिक वर्षमा ‘आऔ सबै मिलि देश बनाऔ’ नाराका साथ निर्माणकर्मीहरुसँगको भेघाट कार्यक्रम सम्पन्न गरेको छ । जगदम्बाले देश निर्माणमा सरकारले अघि सारेको पुनः निर्माणको कार्यलाई सघाउने उद्देश्यले चैत २३ गते बालाजुमा निर्माण व्यवसायीहरुसँग भेटघाट गरेको हो ।

देशको बढ्दो संरचना निर्माणलाई टेवा प्रदान गर्ने उद्देश्यका साथ कम्पनीले विश्वकै उत्कृष्ट यूरोपियन कंम्पनीको अत्याधुनिक प्रविधि जडान गरेको जनाएको छ । कम्पनीले दक्ष जनशक्तिलाई दिगो संरचना निर्माणका लागि प्राबिधिक तथा ब्यवसायिक ज्ञान दिदै देशब्यापी भेटघाट कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।

उक्त कार्यक्रममा एक सय ६० भन्दा बढी निर्माण व्यवसायीहरुको उपस्थिती रहेको थियो भने यस्ता कार्यक्रमहरु देशब्यापी रुपमा चलाइरहने कम्पनीले जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement