संस्कार बिनाको समृद्धि अर्थपूर्ण हुँदैनः मन्त्री बस्नेत

Advertisement

काठमाडौंः वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले भौतिक पूर्वाधारलाई मात्रै समृद्धिको आधार मान्न नहुने बताएका छन् । राजधानीको बागबजार स्थित हार्दिक होटेलमा संस्कार समाज नेपालले आयोजना गरेको ‘असल संस्कार–समृद्धिको आधार’ महा अभियानको शुभारम्भ गर्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन् ।

उनले भने, ‘समाज परिवर्तन बिनाको समृद्धिको अर्थ हुँदैन, समृद्धि हासिल गर्न समाज संस्कार यूक्त हुनुपर्छ, समृद्धि बिनाको विकास त होला तर त्यो विकासले समृद्धिलाई सम्बोधन गर्न सक्दैनन् ।’ मन्त्री बस्नेतले आयोजकले जुन अभियानको शूरुवात गरेको छ, यो निक्कै महत्वपूर्ण छ, राजनीतिक प्रणालीमा संस्कारको सबैभन्दा बढि भूमिका रहने बताए ।

मन्त्री बस्नेतले गायक बद्री पंगेनीलाई ईंकित गर्दै भने, ‘पंगेनी जीले राजनीतिक कर्मीलाई निरन्तर सुझाव दिदै आउनु भएको छ, आफूलाई लागेका कुरा भन्नु बिद्रोही स्वभाव हो ।’ उनले हामीले यहि सस्कारको लागि युद्ध लडेकाले समाजलाई फाईदा हुने कुराहरु सबैले भन्न मिल्ने बताए । बस्नेतले मुलुक र जनताको लागि पंगेनीले ठूलो भूमिका खेलेको बताए ।

कार्यक्रमकी सभा अध्यक्ष एवम् संस्थाकी अध्यक्ष पशुपति गुरुङले नेपालमा सबै चिज भएपनि असल सस्कारको अभाव रहेको टिप्पणी गरिन् । उनले भनिन्, ‘विद्यालय पाठ्यक्रममा नैतिक शिक्षा थियो, बिचमा हटाईयो, आजको दिनमा नैतिक शिक्षाको कमि भईरहेको छ, मानिस नैतिक बन्न सकेन भने मुलुकको समृद्धि सम्भव छैन ।

महा अधियानमा अपाङगकोषका सदस्य सचिव यम मैनालीले संस्कारको शूरुवात आफूबाट गर्नुपर्ने बताए । उनले सस्कारको पहिलो पंत्ती व्यक्ति भएकाले व्यक्ति अनुसाशित, लगनशील र ईमान्दार बन्ने हो भने समाज सहि बाटोमा हिड्ने बताए ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनी, कामपाका २६ नम्बर वडाअध्यक्ष खेम तिवारी र चन्दा पाठकले आफ्ना मन्तव्य राखेका थिए ।

Advertisement

Advertisement

Advertisement